YouTube Link

कप्तान रोहित शर्मा र विराट कोहलीले लिए सन्न्यास

World Cup 2026
Facebook Link

 

काठमाडौं: आइसिसी टि-२० विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले सन्न्यासको घोषणा गरका छन् । त्यसैगरी पूर्व कप्तान तथा भारतीय टोलीका ओपनर विराट कोहलीले पनि टि-२० बाट सन्न्यासको घोषणा गरेका छन् ।

 

भारतलाई १७ वर्षपछि आइसिसी ट्वान्टी-२० विश्वकप जिताएसँगै कोहलीले सन्न्यास लिएका हुन् । ‘यो सन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ,’ उनले भने, ‘यो भारतका लागि मेरो अन्तिम ट्वान्टी-२० विश्वकप खेल थियो । हामी यसलाई हासिल गर्न चाहन्थ्यौं ।’ प्रतियोगिताभर नचलेका कोहलीले दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

 

यसैबीच फाइनल खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रोहित शर्माले भने- ‘जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो । मैले हरेक क्षण आनन्द लिए । विदा लिने यो‌ समय हो ।’ आफूले चाहेको सफलता पाएको उल्लेख गर्दै भने, ‘म यो उपाधि जित्न चाहन्थे । सन्चारकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु ।’ उनले उपाधि टोलीका प्रशिक्षक राहुल द्रविडलाई समर्पित गरेको बताए । ‘उहाँले पछिल्लो २०/२५ वर्ष भारतीय क्रिकेटका लागि योगदान गर्नुभएको थियो । यो पाटो छुटेको थियो । उनका लागि हामीले यो सफलता दिलाउन सकेकोमा पुरै टोलीकातर्फ खुसी व्यक्त गर्दछु ।’

 

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि-२० विश्वकप जितेको थियो । यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो । रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...