क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज
वि.सं.२०८१ जेठ १ मंगलवार ०९:४९
1.5K
shares
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । बलात्कार अभियोगमा दोषी ठहर भएका लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो ।
पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो । यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।
काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
वि.सं.२०८१ जेठ १ मंगलवार ०९:४९




















