YouTube Link

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

Facebook Link

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) बंगलादेशको पाहुना टोली नारायणगंज क्लबसँग ५–३ गोल अन्तरले पराजित भएको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले मैत्रीपूर्ण खेल आयोजना गरेको प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो । खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालको तर्फबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए ।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको समुहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो प्रदान गरिएको  थियो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई सफल बनाउन प्रिन्टिङ एक्सप्रेस र म नेपाली ब्राण्डले जर्सीबाट सहयोग गरेको थियो भने गोल्ड स्टार सूजले फूटबल जुत्ता तथा एन्फा एकेडेमीले खेल मैदान उपलब्ध गराएको थियो ।

त्यस्तै हिमाल हस्पिटलले स्वास्थ्य टीम उपलब्ध गराउँदा नेपाल एरहोस्टेजले स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो । कार्यक्रममा ढाका टोपी प्रज्वल ओझाले सहयोग गरेका थिए भने स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीले पनि साथ दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...