YouTube Link

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय फोटोपत्रकारिता दिवस मनाउँदैछन् । विक्रम सम्बत १९८४ मा आजकै दिन गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो ।

 

वीरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले वैशाख १३ गतेको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा मनाउँदै आएका छन् ।

 

यसैबीच सो अवसरमा फोटो पत्रकारहरूको संस्था राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्दैछ । प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुँदैछ ।

 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा हुने प्रतियोगितामा मित्रराष्ट्र बंगलादेशका फोटो पत्रकारको समुह नारायणगंज क्लब र राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे)बीच हुनेछ । नेपाललाई फोटोको माध्यमबाट नभई खेलकुदको माध्यमबाट पनि पर्यटन प्रवर्द्धनको निम्ति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनको लागि राष्ट्रिय फोटो पत्रकार दिवसको अवसरमा एनएफपीजेले पहिलो पटक यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

 

प्रतियोगिताको लागि बंगलादेशका फोटो पत्रकारको टोली हिजो दिउँसो नेपाल आईपुगेको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठ र सुनिल शर्माले उनीहरुलाई स्वागत गरेका थिए । बंगलादेशका फोटो पत्रकारको टोली मैत्रीपूर्ण फुटबल खेलपछि पोखरा भ्रमणमा निस्कने छ । टोलीले पोखराका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

बंगलादेशका फोटो पत्रकारहरुको टोलीः

महब्बुल हक तलुक्दर, मोहम्मद अली, एमडी सुजोन बईन, क्वसर हुसैन, मोहम्मद हुमयुन कविर, एमडी हरुन अर रसिद,  एमडी अनिसुज्जमन चौधरी, शफिउद्दिन अहमद विटु, अरिफ अलम दिपु, निजमुल हक्य, मोईनुल हसन, एसएम बटेन, एमडी दुलाल मल्लिक, सोहाग रोनी, गोपाल कृष्ण साह, म्हेदी हसन टोपू, शैख मोहम्मद तार्कुल हसिन

 

नेपालका फोटो पत्रकारहरुको टोलीः

प्रदीप कुमार श्रेष्ठ (गोलकिपर), प्रदीपराज वन्त (क्यापटेन), अनुप प्रधान, दिपेन्द्र महर्जन, शंकर भुजेल, प्रवीन कुलुङ राई, दिवाकर सेन, केशव गुरुङ, सुबास मुखिया सुनुवार, लकेश लिम्बु, सुमन लिम्बु, दिलीप बैद्य, घनश्याम श्रेष्ठ, मुकुन्द कालिकोटे, सागर श्रेष्ठ, सुनिल बज्रचार्य, हरिसजंग क्षेत्री, भगवती थापा, देवकी विष्ट, अजय लेन्समेन, बिवेक गुरुङ, कविन्द्रमान शाक्य, राजेन्द्र चित्रकार

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...