Texas College
YouTube Link

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

Facebook Link

 

काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं ‘अल नेपाल एकल कमेडी शो-२०८१’ बैशाख ६ गते बिहीबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

 

प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महिला राष्ट्रिय टिमका सदस्य प्रिती राईलाई समाजसेवी वीरमाया राई (सोभोमा) स्मृति कोषबाट राईलाई २०८० को उत्कृष्ट खेलाडिको रुपमा नगद सहित सम्मान गरिने कलाकार राईले अखबार नेपालाई बताए ।

 

कार्यक्रममा अन्य विशिष्ट समाजसेवी तथा कार्यक्रमलाई साथ सहयोग गर्ने सहयोगी हात तथा संस्थाहरुलाई पनि सम्मान गरिने कार्यक्रम संयोजक सृष्टि भुजेलले जानकारी दिए । कार्यक्रमको तयारी पुरा भएको र टिकटहरु पनि सबै बिक्री भईसकेको संयोजक भुजेलले बताए ।

 

कार्यक्रममा इशाराको एकल कमेडिसहित वरिष्ठ गायिका कुन्ती मोक्तानको विशेष प्रस्तुती तथा अन्य कलाकार सपन श्रेष्ठ, कला इशारा राई, राजन पङधाक लिम्बु, भक्त सुनुवार, मन बहादुर कुलुङ, स्मिता प्रधान, सोमनु राई, सुमन थुलुङ राई लगायत अन्य दर्जनौ कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक भुजेलले जानकारी दिए ।

 

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहायोग गर्दै आएका छन् । गायनसँगै समाजसेवामा समेत सक्रिय चर्चित हाँस्य कलाकार ईशाराले गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ ‘दुर्गती’ जस्ता गाईजात्रे एल्बम श्रोता दर्शक माझ ल्याईसकेका छन् । त्यस्तैगरि उनले दर्जनौ म्युजिक भिडियोको निर्देशन र अभिनयसँगै धेरै संख्यामा इभेन्ट अर्गानाइजेसनका कामहरु पनि गरेका छन ।

 

कार्यक्रमको मुख्य आयोजक एक्सन इन्टरटाईमेन्ट प्रा.लि. रहेको छ भने सह आयोजकमा स्मार्ट ग्लम ब्यूटी पार्लर र वीलिम ग्रुप रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...