Rajshow Bivag

नेपाल र साउदी अरबबीचको खेल आज

Departmant of helth services

 

काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल अल अमेरत क्रिकेट ग्राउन्ड नेपाली समय अनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ ।

 

समूह ‘बी’ मा रहेको नेपाल अपराजित रहँदै एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ । आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ ।

 

यसअघि नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । यस्तै, शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो । सोमबार तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बनेको थियो । नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्न लक्ष्यमा हुनेछ ।

 

यता, साउदी भने नेपालसँग जित्नै पर्ने दबाबमा छ । ३ खेलबाट २ अंक जोडेको साउदी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । साउदीभन्दा एक खेल बढी खेलेको कतारको ४ अंक रहेको छ । +०.४६७ नेटरनेट रहेको साउदी नेपालमाथि सानदार जितसहित सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । पहिलो खेलमा मलेसियासँग १२ रनले पराजित भएको साउदीले दोस्रो खेलमा हङकङलाई ५५ रनले पराजित गर्दै पुनरागमन गरेको थियो । तर, तेस्रो खेलमा भने साउदी कतारसँग १५ रनले पराजित भयो ।

 

जारी प्रतियोगितामा आसिफ सेखले एक हजार टी-२० रन पूरा गरे । अहिलेसम्म पाँच अर्धशतक प्रहार गरिसकेका आसिफ एक हजार रन पूरा गर्ने चौथो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रसिंह ऐरी टी-२० आईमा १५ सय रन पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।

 

तीन खेलमा आसिफले १२४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ८४, रोहित पौडेलले ७१ र कुशल भुर्तेलले ६८ रन बनाएका छन् । बलिङमा नेपालले विपक्षीलाई दबाबमा राख्न सकेको छ । अलराउन्डर दीपेन्द्र विकेट लिने नेपाली खेलाडीमध्ये सबैभन्दा अगाडि छन् । उनले ६ विकेट लिँदा अविनाश बोहोराले ५ र ललित राजवंशीले चार विकेट लिएका छन् ।

 

दीपेन्द्र नेपाली टिमबाट सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । कतारसँगको खेलमा उनले कुशल मल्लको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड तोडेर आफ्नो नाम गरेका थिए । त्यही खेलमा दीपेन्द्रले एकै ओभरमा ६ छक्कासमेत प्रहार गरेर र २ पटक ६ बलमा ६ छक्का हान्ने पहिलो ब्याटर बने ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...