YouTube Link

हाम्रो जन्मभूमि सामाजिक संस्थाले मनायो तेस्रो स्थापना दिवस

Facebook Link

 

काभ्रे: स्थापनाकालदेखि सामाजिक सेवामा आफ्नो छुटै पहिचान बनाएको हाम्रो जन्मभूमि सामाजिक संस्थाले तेस्रो स्थापना दिवस मनाएको छ । संस्थाको अध्यक्ष गीता श्रेष्ठको सभापतित्व र समाजसेवी, राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रीय कोषाध्यक्ष तथा हाम्रो जन्मभूमि सामाजिक संस्थाका पूर्व सञ्चार प्रमुख सागर श्रेष्ठको प्रमुख आतिथ्यमा हाम्रो जन्मभूमिको तेस्रो स्थापना दिवस मनाएको हो ।

 

प्रमुख अतिथि सागर श्रेष्ठको बहुलीबाट पानसमा वत्ति बालेर उदघाटन गरिएको काभ्रेस्थित मानव कल्याण समाज सेवा घरको सभा हलमा सञ्चालित उक्त कार्यक्रममा समाजसेवी सुमी मानव, मानर्थ सदस्य तथा समाजसेवी काजल नानु घिमिरे, मानर्थ सदस्य तथा समाजसेवी श्याम कर्मचार्य, संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष रिता थापा देउजा, सञ्चालक प्रमिला थापा बस्नेत, सञ्चालक मदन अधिकारी, मानर्थ सदस्य रमिला काफ्ले दाहाल, आजिवन सदस्य लक्ष्मी श्रेष्ठ, समाजसेवीहरु साथै उक्त सेवा घरमा आश्रित ८० भन्दा बढी आमाबुबाहरुको उपस्थिति रहेको थियो ।

 

 

मन्तव्यको क्रममा सुमि मानवले हाम्रो जन्मभूमिको निस्वर्थ समाजसेवाको कार्यक्रम देख्दा मन प्रफुल्ल भएको र आगमी दिनमा सहकार्य गरेर समाजमा केही गर्नको लागि आफु उत्सुक रहेको बताए । प्रमुख अतिथिको मन्तव्यको क्रममा सागर श्रेष्ठले स्थापना कालदेखि आज तेस्रो स्थापना दिवस मनाउदै गर्दासम्मको संस्थाले गरेको सामाजिक गतिविधिहरुको संक्षपमा प्रकाश पारेका थिए ।

 

संस्थाले तराईको घाम दुर्गमको वस्ती पहाडको अफ्ठेरो बाटो घाम पानी हावा हुरी केही नभनि आवश्यक परेको ठाउँमा निस्वार्थ समाजसेवा गरेको, पारदर्शी रुपमा सेवा गरेको हुनाले अहिले सम्म ५९ वटा सामाजिक काम गर्न सफल भएको बताए । अध्यक्ष गीता श्रेष्ठले संस्थालाई यो उचाईमा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीमनहरुलाई धन्यवाद दिंदै आगमी दिनहरुमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा राखेको बताए ।

 

 

कार्यक्रम संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गरेका थिए । संस्थाका मानर्थ सदस्य काजल घिमिरे नानुको पसिन आजै जन्म दिन परेकोले उक्त आश्रममा आश्रित आमाबुबाहरुसंगै दुईवटा केक संस्थाको अध्यक्ष गीता श्रेष्ठ र नानु घिमिरे काजलले काटेर तेस्रो स्थापना दिवस एक आपसमा केक खुवाएर मनाइएको थियो । संस्थाको तेस्रो स्थापना दिवसको अबसरमा मानव कल्याण सेवा घरमा आश्रित ८० भन्दा बढी आमाबुबाहरुलाई एक दिवसिय मिस्ठान्न भोजन गराएर खुसी साटसाट गरेर स्थापना दिवस सम्पन्न गरेको हो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...