YouTube Link

हिजो स्थगित प्रतिनिधिसभा बैठक आज बस्दै, कांग्रेसको अडान कायमै

Facebook Link

 

काठमाडौं: मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा आजको लागि सारिएको हो ।

 

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने कार्यसूची छ ।

 

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा समेटिएको छ भने अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलकोलागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

मंगलबारको बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै सदनमा उभिएर विरोध जनाएका जनाएका थिए । सांसदहरूले संसद्‍मा निरन्तर अवरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर बैठक स्थगित गरियो ।

 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो । बैठक सञ्चालनका लागि यसअघि भएको सभामुख र राजनीतिक दलका शीर्ष नेताबीचको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन । बैठक साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि सहमति जुट्न सकेन ।

 

बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री रवि लामिछाने, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरु सहभागी थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...