भारतसँग नेपाल १० गोल अन्तरले पराजित
वि.सं.२०८० फागुन २४ बिहीवार १८:००
2K
shares
काठमाडौं: साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ । एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफमा ६ गोल खाएको नेपाल दोस्रो हाफमा ४ गोल खान पुग्यो । यससँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २-२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १-१ गोल गरे । एक गोल आत्मघाती गोल भयो । प्रतियोगिताको फाइनलमा भारत र बंगलादेश खेल्ने भएको छ । लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ ।
पहिलो खेलमा बंगलादेशसँग २-० को हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । भारतले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशसँग ३-१ को हार बेहोरेको थियो । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।
वि.सं.२०८० फागुन २४ बिहीवार १८:००




















