YouTube Link

को कहाँ सरुवा भए उच्च र जिल्ला अदालतका न्यायाधीशहरु

World Cup 2026
Facebook Link

 

काठमाडौं: न्याय परिषदले  उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको काज र सरुवा सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ९ जना न्यायाधीशको काज र सरुवा सिफारिसका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो ।

 

उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीलाई उच्च अदालत पाटन, उच्च अदालत सुर्खेतका न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत विराटनगर, इलाम इजलास र उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्याललाई उच्च अदालत तुलसीपुरका लागि काज सिफारिस गरेको हो । यसैगरी परिषद् बैठकले ६ जना जिल्ला अदालतका न्यायाधीशलाई  सरुवाका लागि सिफारिस गरेको छ ।

 

कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य ललितपुर जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद आचार्य कास्की जिल्ला अदालत, कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराई मकवानपुर जिल्ला अदालत, तेह्रथुम जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेल पर्सा जिल्ला न्यायाधीश, रौतहट जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्का झापा जिल्ला अदालत र झापा जिल्लाका न्यायाधीश भीमबहादुर निरौला तेह्रथुम जिल्ला अदालत सरुवाका लागि सिफारिस भएका हुन् ।

 

काज सिफारिस हुनेमा डडेलधुरा जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल, नवलपुर जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदी र  दाङ जिल्ला अदालतका न्यायाधीशकुलप्रसाद पाण्डे रहेका छन् । न्यायाधीश ढकाललाई चितवन जिल्ला अदालत, न्यायाधीश सुवेदीलाई मोरङ जिल्ला अदालत र न्यायाधीश पाण्डेलाई नवलपुर जिल्ला अदालतमा काज सिफारिस गरेको हो । परिषदले बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतले समेत कामकाज गर्नेगरी तोक्न सिफारिस गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...