YouTube Link

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांकमा चालु खाता रु. १६१ अर्ब ६२ करोडले बचतमा रहेको देखाएको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई रु. ३ अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ५३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ७४ करोड ९४ लाखले धनात्मक रहेको थियो ।

 

यस अवधिमा शोधनान्तर स्थिति रु. २७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ ।

 

यसैगरी नेपाल सरकारको खर्च रु. ५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु. ४९६ अर्ब ५० करोड रहेको छ । यसैगरी विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको बैंकले जनाएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको पनि बैंकले जनाएको छ ।

 

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...