YouTube Link

आइसीसी यू-१९ विश्वकपमा आज नेपाल र पाकिस्तान भिड्दै

Facebook Link

 

काठमाडौं: आइसीसी यू-१९ विश्वकपमा आज नेपालले समूह ‘डी’ को दोस्रो खेलमा पाकिस्तानसँऊग भिड्दैछ । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

 

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । नेपालका लागि अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए ।

 

यता पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित निकालेको थियो । सुरुवाती ब्याटिङ गर्दै २८४ रन बनाएको पाकिस्तानले अफगानी टोलीलाई १०३ रनमा अलआउट गरेको थियो ।

 

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू-१९ एसिया कपमा पनि खेलेको थियो । उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो । दुवै टोलीमा त्यसयता खासै परिवर्तन भएको छैन ।

 

यू-१९ विश्वकप इतिहासमा नेपाल र पाकिस्तान तीन पटक भिडेका छन् । सन् २००० मा खेल रद्द हुँदा २००२ संस्करणमा नेपालले पाकिस्तानलाई स्तब्ध पारेको थियो । सन् २०१६ मा भने पाकिस्तानले १२२ रनको जित निकालेको थियो ।

 

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन् ।

 

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...