२४ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन सूचना जारी
वि.सं.२०८० माघ १० बुधवार ०८:४२
2.6K
shares
काठमाडौं: प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महनिरीक्षकको सचिवालयले गोरखापत्रमा सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई) हवल्दार,३ जना, प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो । उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।
सूचनासहितः
वि.सं.२०८० माघ १० बुधवार ०८:४२



















