YouTube Link

राष्ट्रियसभा निर्वाचनका लागि १९ सीटमा ४७ उम्मेदवार

Facebook Link

 

काठमाडौं: राष्ट्रियसभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता सुरू भइसकेको छ । अहिलेसम्म सबै दलले उम्मेदवारको टुंगो लगाएर केहीले उम्मेदवारी दर्ता समेत गरिसकेका छन् ।

 

नेपाली काङ्ग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका १० जना चुनावी मैदानमा उत्रिएका छन् । कोशीमा सिटौला उम्मेदवार बन्दा मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनेका छन् । बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार छन् । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटा चुनावी मैदानमा छन् । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्य बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार छन् ।

 

नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनभित्र १९ सीटमध्ये ६ सीटमात्रै आफ्नो मागमा परेपछि अहिले माओवादी केन्द्रले ७ प्रदेशमा ६ उम्मेदवार उठाएको छ । कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द चुनावी मैदानमा उत्रिएकी छन् ।

 

त्यस्तै नेकपा एसबाट अन्तिमसम्म पनि ३ सीटको लागि लबिङ गरिरहेको नेकपा एस अन्ततः २ जनालाई मात्रै चुनावी मैदानमा उतारेको छ । एकीकृत समाजवादीको बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ल चुनावी मैदानमा छिन् ।

 

नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा निर्वाचनको लागि १९ पदमा एमालेका १९ जना नै मैदानमा उत्रिएका छन् । एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौँ), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) लाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै, अपांगता र अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्री देवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता र अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् । १९ सीट मै सत्ता गठबन्धन एकजुट भएर निर्वाचन होमिएको भएकाले एक सीट पनि जित्ने सम्भावना छैन ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १५ जना उम्मेदवार निर्वाचनमा होमिएका छन् । ६ जना उम्मेदवार तय गरिएपनि प्रस्ताव/समर्थक टुंगो नलागेकोले राप्रपाले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रस्ताव/समर्थक टुंगो लागे १९ वटै ठाउँमा उम्मेदवारी दिने राप्रपाले जनाएको छ ।

 

गठबन्धनमा एक सीट पाएको जसपाले पूजा चौधरीलाई अघि सारेको छ । जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी पूजा गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् ।

 

राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेको छ । गठबन्धनबाट १९ जना, नेकपा एमालेबाट १९ र राप्रपाबाट ९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...