YouTube Link

किरात समुदायले आज टुँडिखेलमा ष्याँदर पिदार/साकेला मनाउँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: किरात समुदायहरुको राष्ट्रिय महान् चाड सुनुवार जातिको उधौली “ष्याँदर पिदार”, राई जातिको “साकेला”, लिम्बु जातिको “चासोक तङ्नाम”, याक्खा जातिको “चासुवा”, थामी जातिको “भुम्या”, सुरेल जातिको “भुमे” लगायत विभिन्न किरात जातिले विभिन्न नाममा मनाउने राष्ट्रिय किरात चाडको अवसरमा आज काठमाडौंको टुँडिखेलमा उधौली पर्व मनाउने भएका छन् ।

 

विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका किराँती समुदायले आज बिहान १० बजेदेखि टुँडिखेलमा प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नाच्ने गर्दछन् ।  गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ ।

 

गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो/उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ । किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।

 

ढुङ्गेयुगमा किराती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...