ओस्कार विजेता कोरियाली नायक ली सुन क्युनको निधन
वि.सं.२०८० पुस ११ बुधवार ११:४३
1.6K
shares
काठमाडौं: ओस्कार विजेता विश्व प्रसिद्ध कोरियाली चलचित्र प्यारासाइटका नायकको मृत्यु भएको छ । बीबीसीका अनुसार दक्षिण कोरियाली नायक ली सुन क्युनको ४८ वर्षको उमेरमा निधन भएको हो ।
दक्षिण कोरियाको राजधानी सिओलको कार पार्कमा बेहोस अवस्थामा रहेका उनी पछि मृत घोषित भएका हुन् । यद्यपि नायक आफैँले आफूलाई मारेका हुन वा अरू कुनै कारण हो भन्नेमा कुनै यकिन नभएको बिबिसीले उल्लेख गरेको छ ।
नायकले घर छोड्नु अगाडि केहि लेखेर गएको बताइएको छ । तर, के लेखेका थिए भन्ने अहिलेसम्म खुलाइएको छैन । उनी गत अक्टोबरबाट लागूऔषध प्रयोग गरेको आरोपमा प्रहरीको छानबिनमा परेका थिए ।
सन २०१९ मा विश्व बजार तताएको प्यारासाइट चलचित्रका चर्चित नायकको रूपमा चिनिएका उनी चलचित्रमा एक धनाड्य पार्क दोङ इक नामको पात्रको रूपमा खेलेका छन् ।
वि.सं.२०८० पुस ११ बुधवार ११:४३




















