YouTube Link

नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाईन सञ्चालनमा, पर्यटनमन्त्री सुदन किरातीले गरे उद्घाटन

Facebook Link

 

भक्तपुरः नगरकोटमा एशियाकै दोस्रो र नेपालकै पहिलो लामो जिपलाईन सञ्चालनमा आएको छ । उक्त जिपलाईन करिव पाँच करोड लगानीमा नगरकोट जिपलाईन प्रा.लि. ले निर्माण गरेको हो ।

 

शुक्रबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रिबन काटेर जिपलाईनको उद्घाटन गरे । मन्त्री किरातीले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाईन खुल्नु निकै राम्रो कुरा भएको बताए । उनले भने- ‘मैले जहिले पनि नेपालको पर्यटन स्थानीय बासिन्दाको स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै आएको छु । नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो । यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाईन खुल्नु निकै राम्रो कुरा हो ।’ नेपालको पर्यटनले गति लिइरहेको समेत उनले बताए । ‘नेपालको पर्यटनले आङ्ग तन्काएको छ । जुन निकै राम्रो कुरा हो । यो जिपलाईनले पनि पर्यटन विकासमा टेवा पुर्याउनेछ ।’

 

 

जिपलाईन चाँगुनारायण नगरपालिकास्थित वडा नं. ६ र ७ मा फैलिएको २ हजार २५० मिटर लम्बाईमा बनेको छ । साहसिक पर्यटन अन्तर्गत जिपलाईन निर्माणको लहर बढिरहेको बेला नगरकोटमा हालसम्मकै सबैभन्दा लामो जिपलाईन निर्माण गरी सुरु गरिएको सञ्चालक केदार थापाले जानकारी दिए ।  सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जिपलाईन सञ्चालन गरिएको सञ्चालक थापाको भनाई छ ।

 

 

नेपालीलाई जिपलाईन चढ्न प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ भने विदेशीका लागि प्रति व्यक्ति ५० अमेरिकी डलर तिर्नुपर्ने कम्पनीले जनाएको छ । यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइनका रूपमा स्थापित थियो ।

 

 

नगरकोटमा अन्तर्राष्ट्रिय पर्यटक जमघट समेत हुने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।  पर्यटकीयसँगै एडभेन्चर टुरिज्मले समेत नगरकोटलाई परिचित गराउने मुख्य उद्देश्य रहेको सञ्चालक थापाले बताए । थापाले धुलिखेलमा पनि धुलिखेल जिपलाईन सञ्चालन गरिरहेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...