YouTube Link

एनएसएलमा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दै

Facebook Link

 

काठमाडौं: काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दैछन् । यो दुईबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे खेल हुनेछ । लिगमा यो दुवै नयाँ टोली हुन् ।

 

नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १-० ले पराजित भएको थियो । उता झापाको लागि भने यो सिजन यो पहिलो खेल हुनेछ । यस्तै दुई टोलीका लागि यो पहिलो खेल हो ।

 

राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।

 

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् । लकेन विश्वकप छनोटमा यूएईविरुद्ध घाइते भएका थिए । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ पनि यस टिममा छन् । झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।

 

झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज छन् । एनएसएल खेल्ने ९ टोलीमध्ये झापाले मात्र अफ्रिकन खेलाडी राखेको छैन ।

 

उता मेघराज केसीको प्रशिक्षणमा रहेको इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । पहिलो सिजन उनी च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान र मार्की थिए । यसपटक विकेश इलाम पुगे । यस्तै इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ,  विमल पाण्डे र आशिष राई छन् ।

 

इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामा पनि छन् भने सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । यस्तै चर्च ब्वाइजबाट ए डिभिजन लिग जितेका फरवार्ड आशिष चापागाईं पनि इलाममा छन् । विदेशीतर्फ इलामा सेनेगलका एकेडेमीमा खेलेका युवा खेलाडीहरु फोडे कमारा, अब्दोउलाए बा, अमाथ एनड र इब्राहिम डीजेटे छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...