ह्यारी केनको गोलमा माल्टामाथि इंग्ल्यान्डको सहज जित
वि.सं.२०८० मंसिर २ शनिवार ०८:०४
1.7K
shares
एजेन्सी: युरोकप २०२४ को छनोट अन्तर्गत इंग्ल्यान्डले माल्टामाथि २–० गोल अन्तरले सहज जित हात पारेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
शुक्रबार राति भएको खेलको आठौं मिनेटमा नै इनरिको पेपेको आत्मघाती गोलबाट इंग्ल्यान्डले अग्रता बनाएको थियो । पाहुना टोलीलाई दवावमा राखेको इंग्याल्डले अर्को गोल ७५औं मिनेटमा गरेको थियो । केनले बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।
यस जितसँगै समूह ‘सी’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्डले ७ मध्ये ६ मा जित र एकमा बराबरीको नतिजा निकालेको छ । पराजित माल्टा ८ खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।
वि.सं.२०८० मंसिर २ शनिवार ०८:०४




















