Texas College
YouTube Link

नेपालले आज हङकङसँग खेल्दै, खेल जित्नै पर्ने दबाब

Facebook Link

 

एजेन्सी: नेपालले चार देशसम्मिलित महिला टि-२० आई सिरिजमा आज हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्याह्न ११:४५ बजे सुरु हुनेछ ।

 

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । उता घरेलु टोली हङकङले जापानलाई ९ विकेटले हराएको थियो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

 

तान्जानियाले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अल आउट भएको थियो । नेपालको लागि सीता रानामगरले ३१ बलमा ४ छक्कासहित सर्वाधिक ४३ रन बनाएकी थिईन । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेका थिएनन् ।

 

रुविना र सम्झनाले खाता खोल्न सकेका थिएनन् । कप्तान इन्दु बर्मा, सीता र रुविना टोलीका प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीले जिम्मेवारी लिदै ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । नेपालले ओपनर विन्दु रावलको स्थानमा कन्चन श्रेष्ठलाई डेब्यु दिन सक्छ । विकेटकिपर कन्चनले बागमती प्रदेशबाट घरेलु प्रतियोगितामा राम्रो गर्दै आएकी छिन् ।

 

नेपालले स्पिनर खुशी डंगोलको स्थानमा युवा तिव्र गतिकी बलर सोनीलाई डेब्यु दिन सक्छ । सोनिले ब्याटिङ पनि राम्रो गर्ने गर्दछिन् । उता हङकङ घरेलु मैदानको फाइदा उठाउन चाहन्छ । पछिल्ला ५ खेलमा समान दुईमा जित र हार छ । हङकङको लागि मारिको हिल प्रमुख ब्याटर हुन् ।

 

विदेशी लिगमा अनुभव बटुलेकी उनको विकेट नेपालको लागि महत्त्वपूर्ण हुनेछ । कप्तान केरि चान प्रमुख बलर हुन् । पछिल्लो खेलमा जापानविरुद्द उनले ५ विकेट लिएकी थिइन् । मारिको हिल, केरि चान र नताशा मिल्श प्रमुख हतियार हुन् । ब्याटिङमा मिल्स र हिलको ओपनिङ जोडिको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । नेपालले अन्तिम खेल शनिबार जापानसग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...