YouTube Link

चेल्सी र म्यानचेस्टर सिटीले खेले बराबरी

World Cup 2026
Facebook Link

 

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४-४ को बराबरीमा सकिएको हो । खेलको २५औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

 

चेल्सीका २९औं मिनेटमा नै बराबरी गोल गर्यो । डिफेन्डर थियागो सिल्भाले कनर ग्यालाघरले लिएको कर्नरमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । खेलको ३७औं मिनेटमा चेल्सीले अग्रता लियो । सिटी डिफेन्डर रूबेन डियासले गल्ती गरेपछि चेल्सीका रिस जेम्सले दिएको पासमा पूर्व सिटी खेलाडी रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर पहिलो हाफको अन्त्य तिर सिटीले पुनः बराबरी गोल गर्यो ।

 

मानुएल आकान्जिले हेडर गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवात मै सिटीले अग्रता लियो । हालान्डले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६७औं मिनेटमा चेल्सीको पुनः बराबरी गर्यो । ८६औं मिनेटमा सिटीले फेरि पनि खेलमा अग्रता लियो । रोड्रीकोले बक्स बाहिरबाट लिएको प्रहार चेल्सी डिफेन्डर थिएगो सिल्भाको खुट्टामा लागेर गोल भएको थियो ।

 

तर इन्ज्युरीमा सिटी डिफेन्डर रुबेन डियासले अर्मान्डो ब्रोजामाथि फाउल गरेपछि चेल्सीले बराबरी गर्ने अर्को मौका पायो । यहि सिजन सिटीबाट चेल्सी गएका कोल पालमरले पेनाल्टीमा गोल गर्दै खेललाई ४-४ को स्थितिमा ल्याए । बराबरी पछि सिटी १२ खेलमा २८ अंक सहित पहिलो स्थानमा यथावत छ । चेल्सी भने १२ खेलमा १६ अंक सहित १०औं स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...