साउथ अफ्रिकासँग पराजितसँग अफगानिस्तान विश्वकपबाट बाहिरियो
वि.सं.२०८० कात्तिक २५ शनिवार ०७:४४
1.6K
shares
काठमाडौं: एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार साउथ अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । अहमदाबादमाको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अफगानिस्तानले साउथ अफ्रिकालाई जितका लागि २४५ रनको लक्ष्य दिएको थियो । जसमा १५ बल बाँकी छँदै साउथ अफ्रिकाले जित निकाल्यो ।
साउथ अफ्रिकाको जितको रस्सी वेन डर डुसेन नायक रहे । उनले ६ चौका र १ छक्काको मदतले ९५ बलमा अविजित ७५ रन बनाए । एन्डिले फेहलुक्वायोले ३७ बलमा अविजित ३९ रनको इनिङ्स खेले । फेहलुक्वायो र डुसेनलले ६५ रनको साझेदारी गरेका थिए ।
विकेट किपर ब्याट्सम्यान क्विन्टन डि ककले शीर्ष क्रममा रहेर ४१ रनको योगदान दिए । अफगानिस्तानका रासिद खान र मोहम्मद नाबीले २–२ विकेट हात पारे । हारसँगै अफगानिस्तानको विश्वकप यात्रा सकिएको छ । अफगानिस्तानलाई सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न कम्तिमा ४३८ अन्तरको जितको आवश्यकता थियो । जुन असम्भव जस्तै थियो ।
अब चौथों सेमिफाइनल टिमका लागि न्युजिल्याण्ड र पाकिस्तान दौडमा छन् । तर न्युजिल्याण्डनै सेमिफाइनलको मुख्य दाबेदार देखिएको छ । भारत, साउथ अफ्रिका र अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।
वि.सं.२०८० कात्तिक २५ शनिवार ०७:४४




















