भारतविरुद्ध नेपालले पायो २०३ रनको लक्ष्य
वि.सं.२०८० असोज १६ मंगलवार ०९:०३
2.2K
shares
काठमाडौं: १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतविरुद्ध २०३ रनको लक्ष्य पाएको छ ।
चीनको झेजिङ युनिर्भसिटीको मैदानमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गरेको थियो । भारतले चार विकेट गुमाएर २०२ रन बनायो । ओपनर यजस्वी जैसवालले शतक पूरा गरे । जैशवाललाई दिपेन्द्र सिंह ऐरीले पेभिलयन फर्काए ।
आक्रामक ब्याटिङ गर्दै जैसलावले ४८ बलमा शतक पूरा गरेका थिए । भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भने रिंकु सिंहले ३७ रन बनाएर नआउट रहँदा शिभम दुवे २५ रनमा अविजित रहे । नेपालका दिपेन्द्रले २ तथा संदीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।
वि.सं.२०८० असोज १६ मंगलवार ०९:०३




















