YouTube Link

भारतसँग २३ रनले पराजित हुँदै क्वारटरफाइनलबाटै बाहिरियो नेपाल

Facebook Link

 

काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद अन्तरगत नेपाल पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित हुँदै क्वारटरफाइनलबाटै बाहिरिएको छ । ​

 

चीनको झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । भारतका लागि यसस्वीले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए । यसैगरी रिंकु सिंहले अविजित ३७, शिवम दुबे अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे ।

 

पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १०३ रनको साझेदारी गरेका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए । २०३ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो ।

 

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । आरिफ शेख २९ रन बनाएर आउट हुँदा  सन्दीप जोराले २९ रन नै बनाएर पेभिलियन फर्किए । कुशल भुर्तेलले २८ रन बनाए । सोमपाल कामीले ७ रन बनाउँदा गुल्सन झाले ६ रन बनाए । यस्तै करण केशी १८ रनमा अविजित रहे ।

 

भारतका रवि विस्नोइले ​र अवेश खानले​ समान तीन विकेट लिँदा, अर्शद्वीप सिंहले दुई विकेट लिए । साई किशोरले  एक विकेट लिए । भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो । समूह ‘ए’ को नेपालले मंगोसियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...