YouTube Link

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा खेलाडीलाई नगद पुरस्कार सहित कदर-पत्र सम्मान

Facebook Link

 

काठमाडौं: श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित कदर-पत्रले सम्मान गरेको छ ।

 

समितिले आइतबार एक कार्यक्रमकाबीच सेतोकाइ कराते इन्टरनेसनल इन्डिया र भारत कराते एकेडेमीको संयुक्त आयोजना तथा कराते इन्डिया अर्गनाइजेसनको स्वीकृतिमा गत साउन २६ देखि २८ गते सम्म भारतको नयाँ दिल्लीमा भएको १७औं अल इन्डिया स्वतन्त्रता दिवस कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२३ मा नेपाल सितोरियो  कराते डोजो प्रथम शाखा डोजो बौद्ध पिपलबोटबाट खेलाडी  प्रभात रोका मगर र छेयुङला  शेर्पाले क्रमश ३० केजी र २५ केजी तौल समुहमा स्वर्ण पदक  जितेका थिए ।

 

श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेले स्वर्ण पदक बिजेता खेलाडीद्वय प्रभात रोका मगर  र छेयुङला  शेर्पालाइ नगद पुरस्कार रु. १०/१० हजार सहित कदर-पत्रले सम्मान गरेका थिए ।

 

उक्त कार्यक्रममा प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डे, श्री बौद्धनाथ क्षेत्र बिकास समितिको कार्यकारी निर्देशक शान्ति माया तामाङ, ट्राफिक प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी निरीक्षक लेखनाथ मैनाली, श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु शैलेश श्रेष्ठ, जानुका भण्डारी श्रेष्ठ, राग्वा शेर्पा, पशुपतिनाथ (श्याम) खतिवडा, सुरज रुम्बा लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पदक बिजेता खेलाडीहरुलाई बधाई दिदै खेलाडीहरु राष्ट्रको गहना भएको बताए । उनले  बौद्ध र नेपाललाइ अन्तराष्ट्रिय जगतमा पहिचान दिलाउन सफल भएकोमा खुशी ब्यक्त गरे ।

 

खलाडीहरुको मनोबल बढाउन र खेलप्रतिको निरन्तरताको लागि पनि स्वर्ण पदक बिजेता  खेलाडीहरुलाई  क्षेत्र बिकास समितिले सम्मान गरेको बताए । बौद्ध नाथ क्षेत्र विकास समितिले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...