एसिसी यू-१९ प्रिमियर कप खेल्ने २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
वि.सं.२०८० भदौ २९ शुक्रवार १६:०९
2.9K
shares
काठमाडौं: नेपालले एसिसी यू–१९ प्रिमियर कप खेल्ने २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । गत फागुनमा विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ ।
प्रतियोगिता अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ । १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू-१९ एसिया कप खेल्न पाउनेछ । देव खनालसँगै यू-१९ का कप्तान अभिषेक तिवारी, निरज यादव र नरेन भट्टलाई बोलाएको छ । अभिषेक तीव्र गतिका बलर, निरज ओपनर र नरेन मध्यक्रमका ब्याटर हुन् ।
समूह ए मा नेपाल, बहराइन, साउदी अरेविया र ईरान छन् । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्यस छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
प्रशिक्षणमा बोलाइएका टोली:
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव ।
वि.सं.२०८० भदौ २९ शुक्रवार १६:०९




















