YouTube Link

सवारीसाधन खरिदमा बैंक तथा वित्तीय संस्थाले ल्याए आकर्षक अफर सहितको कर्जा योजना

Facebook Link

 

काठमाडौं: भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०२३’ मा नयाँ गाडी खरिद गर्न चाहनेहरुलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आकर्षक अफर सहितको कर्जा योजना ल्याएका छन् ।

 

नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनमाभन्दा इन्धनबाट चल्ने सवारीसाधनमा उपलब्ध गराउने कर्जामा कडाइ गरेपछि बैंकहरुले विद्युतीय र इन्धनबाट चल्ने सवारी साधनका लागि फरक–फरक अफर ल्याएका छन् ।

 

बैंक तथा वित्तीय संस्थाको लगानीको हिसाबले अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको बैंकहरुको भनाई छ । राष्ट्र बैंकले ठूला र विलासिताका गाडी खरिदमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म तोकेको छ, जसले बैंकहरुलाई हायर पर्चेज कर्जा लगानीमा निरत्साहित गर्दै आएको छ ।

 

गत साउनमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा राष्ट्र बैंकले २५ लाखसम्मको हायर पर्चेज कर्जाको जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशत कायम गरेको छ । तर, व्यवसायीहरुले भने सबै प्रकारका अटो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गर्न माग गर्दै आएका छन् ।

 

विद्युतीय गाडीमा २० प्रतिशत डाउन पेमेन्ट गरेर ८० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, इन्धनबाट चल्ने सवारीसाधनमा भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर ५० प्रतिशत मात्रै कर्जा दिनसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले तोकेको नियामकीय व्यवस्थाभित्रै रहेर बैंकहरुले गाडी कर्जामा विभिन्न अफरहरु ल्याएका छन् ।

 

नाडा अटोमोबाइल्स एसोसियसनले मौद्रिक नीतिमा सुझाव दिँदै हायर पर्चेज कर्जामा जोखिम भार ७५ प्रतिशत कायम गर्नुपर्ने बताएको थियो । त्यस्तै, निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा ‘लोन टु भ्यालु रेसियो’ हालको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने सुझाव पनि नाडाको थियो ।

 

‘नाडा अटो शो’भित्रै स्टल राखेको प्रभु बैंकले विद्युतीय सवारीसाधनमा आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने अफर ल्याएको छ । यस्तै, इन्धनबाट चल्ने गाडीमा आधार दरमा २ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ ।

 

विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा दिने र अन्य गाडीमा भने ५० प्रतिशत मात्रै कर्जा सुविधा रहेको छ । वाणिज्य बैंकहरुलाई कर्जा दिँदा सेवाशुल्क ०.७५ प्रतिशत मात्रै लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । प्रभुले हुन्डाइका गाडी खरिदमा भने १ वर्षसम्मका लागि ९.९९ प्रतिशत ब्याजदरमा नै कर्जा दिने व्यवस्था मिलाएको छ ।

 

लक्ष्मी सनराइज बैंकले पनि विद्युतीय गाडीमा आधार दरमा १ प्रतिशत प्रिमियममै कर्जा दिने योजना ल्याएको छ । अन्य गाडी खरिद गर्दा भने आधार दरमा १.५ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । यस्तै बैंकले स्थिर ब्याजदरको योजना पनि ल्याएको जनाएको छ । जुनसुकै गाडी खरिद गर्दा पनि ५ वर्षसम्म १२.५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ ।

 

हिमालयन बैंकले आधार दरमा १.१२ प्रतिशत प्रिमियममा जुनसुकै गाडी खरिदमा कर्जा दिने योजना ल्याएको हो । बैंकले कर्जाको सेवाशुल्क पनि ०.५० प्रतिशत मात्रै लिने जनाएको छ ।

 

सानिमा बैंकले ७ वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा अफर ल्याएको छ । सबै गाडी खरिदमा ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा नै कर्जा दिने बैंकले जनाएको छ । यस्तै सबै गाडी खरिद कर्जामा सेवाशुल्क पनि ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ ।

 

नबिल बैंकले ५ वर्ष र ७ वर्षका लागि स्थिर ब्याजदरको कर्जा अफर ल्याएको हो । ५ वर्षका लागि सबै गाडीमा १०.४९ प्रतिशत ब्याजदर र ७ वर्षको लागि भने १०.९९ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ ।

 

ग्लोबल आईएमई बैंकले भने विद्युतीय गाडीमा १०.४९ प्रतिशत र अन्य गाडीमा १०.९९ प्रतिशत स्थिर ब्याजदरको कर्जा योजना ल्याएको छ । बैंकले विद्युतीय गाडीका लागि कर्जामा सेवाशुल्क ०.५ प्रतिशत र अन्य हायर पर्चेज कर्जामा भने ०.७५ प्रतिशत सेवाशुल्क रहेको जनाएको छ । यस्तै आधार दरमा १.५ प्रतिशत प्रिमियममा फ्लोटिङ व्याजदरमा कर्जा दिने योजना बैंकले ल्याएको छ । उक्त कर्जामा आधार दरमा ०.५ प्रतिशत मात्रै सेवाशुल्क रहेको बैंकले जनाएको छ ।

 

बैंकले कमर्सियल भेहीकलमा विद्युतीयका लागि ११.४९ प्रतिशत र अन्यमा १२.४९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ । कमर्सियल भेहीकलमा पनि विद्युतीयमा ०.५ प्रतिशत सेवाशुल्क र अन्यमा ०.७५ प्रतिशत सेवाशुल्क पुगेको छ ।

 

विकास बैंकतर्फ कामना सेवा विकास बैंकले आधार दरमा ०.१४ प्रतिशत प्रिमियम थप गरी कर्जा योजना ल्याएको छ । बैंकले विद्युतीयमा ८० प्रतिशतसम्म र अन्यमा ५० प्रतिशत कर्जा दिने जनाएको छ । यता महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा ३ वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा योजना ल्याएको छ । यस्तै फ्लोटिङ ब्याजदरमा पनि कर्जा योजना ल्याएको हो ।

 

नाडा अटोमोबाइल एसोसिसनका अध्यक्ष ध्रुवराज थापा हायर पर्चेज कर्जाका लागि आकर्षक अफर सहित बैंकहरु लगानी गर्न तयार देखिएको बताउँछन् । ‘सर्वसाधारणको भीड पनि अपेक्षाभन्दा राम्रो देखिएको छ । हायर पर्चेज कर्जाका लागि बैंकरुमा पनि प्रतिस्पर्धा देखिएको छ । मेलामा उत्साह देखिन्छ,’ थापा भन्छन्, ‘नाडा अटो शो’मा सर्वसाधारणको चासो धेरै देखिएको छ । यस्तै बैंकहरुले पनि आकर्षक कर्जा अफर ल्याएर राम्रो साथ दिएका छन् ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...