YouTube Link

पाकिस्तानलाई दुई विकेटले हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

एजेन्सी: पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । वर्षाले प्रभावित हुँदा ४२/४२ ओभर खेलाइएको यस खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो ।​​

 

श्रीलंकाका लागि चारिथ असलंकाले अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको बेला चौका र २ रन लिएर श्रीलंकालाई जित दिलाउदै फाइनलमा पुर्याएका थिए । उनले अविजित ४९ रन बनाए । त्यस्तै श्रीलंकाका लागि कुसल मेडिन्सले सर्बाधिक ९१, सडीरा समाराविक्रमाले ४८ रन बनाए । पाकिस्तानी बलर इफ्तिखार अहमदले ३, शाहिन शाह अफ्रिदीले २ तथा शादाव खानले एक विकेट लिएका थिए ।

 

यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४२ ओभरमा ७ विकेट गुमाउदै २५२ रन बनाएको थियो । पाकिस्तानका मोहमद रिजवानले सर्बाधिक ८६ रन बनाए भने अब्दुल्लाह शाफिकले ५२, इफ्तिखार अहमदले ४७ रनको योगदान गरेका थिए ।​ श्रीलंकाले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...