YouTube Link

नेपालमा गाई गोरू र सामाजिक सद्भावः एक दृष्टान्त

World Cup 2026
Facebook Link
vision

विषयवस्तुको पृष्ठभूमिः

गाई राष्ट्रिय जनावर हो भनिरहँदा अर्कोतिर गाई गोरुको मासु खान हुने कि नहुने ? भत्रे बहस यतिबेला सामाजिक वृत्तमा चर्चाको चुलीमा छ । वास्तवमा के हो त कुरो ? किन नेपाली समाज यसको पक्ष र विपक्षमा विभक्त छ ? यो सबैको चासोको विषय त हुदै हो, साथसाथै यस विषयमा प्रत्येक व्यक्तिका आ–आफ्नै बुझाई र तर्क हुन सक्छन् । तर वास्तविकताको धरातलमा बसेर यस विषयको जरो सम्मको चुरो कुरो खोतल्नु र उजागर गर्ने जमर्को कमै मात्रले गर्ने प्रयास गरेको देखिन्छ ।

 

नेपाली समाजमा एकातिर गाई गोरुको मासु खाने जाति तथा समुदायहरु छन् भने अर्को तर्फ गाई गोरुलाई मातापिताको रुपमा पुज्ने समुदाय रहेको तथ्य सबैले छर्लङ्ग देखेकै कुरा हो । यसरी संस्कारिक रुपमा विभक्त र विपरित मूल्य मान्यता बोकेका समुदायहरु रहेको समाज जटिल समाज हो जहाँ यस प्रकारको द्वन्दले उग्ररुप लिने संभावना धेरै हुने गर्दछ ।

 

नेपालमा एकातिर कानूनी रुपमा नै गाई गोरु काट्नु र यसको मासु खान बन्देज लगाइएको अवस्था छ र यही कानूनको हवाला दिदै यस सम्बन्धी कानूनको दफाहरु उद्धृत गरेर गाई गोरुको मासु खानु नुहुने कुराको वकालत गर्ने जमात एकातर्फ छ भने अर्को तर्फ नेपाली समाजमा सदियौं देखि गाई गोरुको मासु भोग गर्ने समुदाय छन् र नेपालमा गाई गोरुको मासु खान प्रतिवन्धित भएपछि यसको भोग गर्न तथा कतिपय जातिमा रीतिरिवाजमा नै गाई गोरुको मासु आवश्यक पर्ने समुदायहरु आफ्नो सामाजिक संस्कारमा बाधा पुगेको महशुस गरिरहेका छन् । अर्को तर्फ गाई गोरुको मासु सेवन गर्ने नयाँ जमातको पनि नेपाली समाजमा सिर्जना भएको देखिन्छ जो हिन्दु वर्ष व्यवस्थामा आधारित समाज अनुसारका उत्पीडित वर्गले वर्ण व्यवस्था विरुद्ध विद्रोह गर्ने जमर्को गर्ने अर्को जमात पनि रहेको देखिन्छ ।

 

नेपाली समाजमा हाल आएर मात्र गाई गोरुको मासु किन यति धेरै विवादित भएको हो त ? नेपाली समाजमा बस्ने प्रत्येक व्यक्तिले यो प्रश्नलाई गम्भीर रुपमा लिने र यसको तथ्य बुझ्ने प्रयास गरिएन र संयम भइएन भने नेपाली समाजमा साम्प्रदायिक हिँसा भड्किन कुनै बेर लाग्ने छैन । तसर्थः यसको वास्तविक तथ्य सबैले बुझ्नु अति जरुरी छ भने यस्तो जटिल विषयलाई एक कोणबाट मात्र नभएर बहुआयामिक कोणबाट हेरिनु पर्दछ । अनि मात्र हामी स्पष्ट हुन सक्दछौं ।

 

ऐतिहासिक तथ्य र आधार

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएको कुरा हामी प्रत्येक नागरिकलाई थाहा भएकै कुरा हो । नेपालमा बस्ने अधिकांश जाति तथा समुदायले परम्परा देखि नै गाई गोरुको मासु खाने गरेको ऐतिहासिक तथ्यहरुले देखाउँछ ।

 

नेपालमा कहिलेदेखि गाई गोरु काटन प्रतिवन्ध भयो त ?

नेपालमा गाई गोरु काटने र यसको मासु खान नहुने सवालमा सन् १८०५ मा रण बहादुर शाहको पालामा अव देखि गौवध गर्न नगर्नु, गरिएमा गौवध गर्नेको जीउ धन पर्ला …. लिएमा खत वात लाग्ने छैन । ……….(नेशनलिज्म् एण्ड एथ्निसिटी इन् नेपाल) भनी एक इस्तिहार जारी गरपछि नेपालमा गाई गोरु काटमार गर्न तथा मासु खान प्रतिवन्ध लगाइएको देखिन्छ । यसको अर्थ यसभन्दा अगाडि नेपालमा गाइृ गोरु काटेन खान प्रतिवन्त्र थिएन र त्यसपछि पनि नेपालमा गाई गोरु काटने खाने अभ्यास भएको प्रष्ट हुन्छ । यही व्यवस्थालाई वि.सं. १९१० मुलुकी ऐन बनेपछि कानूनी रुपमा लागु भएको स्पष्ट हुन्छ । हाम्रो समाज एकातिर र कानून अर्कोतिर हुँदा कति निर्दोष जनता गाई मारेको अभियोगमा राज्यले ज्यादति गरेको स्पष्ट हुन्छ ।

 

सामाजिक तथा साँस्कृतिक अभ्यास

मानव जातिले गाई गोरुको मासु खानु सामान्य अभ्यास हो । संसारभरका प्रायः सबै स्थानमा गाई गोरुको मासु खाने समाज नै रहेको देखिन्छ । नेपालका प्रायः जनजाति समुदायमा गाई गोरुको मासु खाने चलन रहेकै पाइन्छ । नेपाली समाजमा परापूर्वकालदेखि नै सबै प्रकारका मासु तथा मदिरा सेवन गरिदै आएको छ । गाई गोरु जस्ता पशुहरु कृषिमा आधारित नेपाली समाजको अभित्र अंग नै हो । यसर्थः मानव जातिले पशुपंक्षीहरु पाल्नुको प्रथम धेयः भनेकै यसको उपयोगिता र उपभोग नै हो । नेपाली समाजका कतिपय जाति तथा समुदायहरुमा सांस्कृतिक रुपमा नै गाई गोरुको मासु चढाउनु पर्ने संस्कार पनि रहेको देखिन्छ । जस्तो पुर्वी नेपालको पहाडी भेगमा बसोवास गर्ने कतिपय राई समुदायहरुको सँस्कारमा गाई गोरुको मासु अनिवार्य रुपमा चढाउने परम्परा रहेको छ भने लिम्बू जातिमा बजाइने च्याब्रुङमा गाईको छाला प्रयोग गरिन्छ ।

 

सर्व प्रथम यसलाई एकै कोणबाट मात्र नभएर बहुकोणबाट हेरिनु र व्याख्या गरिनु पर्दछ । एउटा नेपालमा बनेको संविधान र यसमा गरिएको राष्ट्रिय जनावरको उपमाको हवालाले मात्र पुग्दैन । यसमाथि बनेको कानून, कानूनले मान्यता पाउने अवस्था, समाजमा यसको अभ्यास, आदि सबै कोणबाट यसलाई हेरिनु पर्दछ र यसको मान्यतालाई स्थापित गर्न सक्नुपर्दछ । तब न गाई काट्नु हुदैन, गाई गोरु काट्नु र यसको मासु खानु अपराध हो भनेर पुष्टि हुन्छ । अन्यथा यस्तो तर्क गर्नुको कुनै तुक छैन ।

 

बहुसाँस्कृतिक समाज रहेको नेपाल जस्तो देश सांस्कृतिक विविधताले भरिएको देश भएको कुरा सबैलाई छर्लङ्ग नै छ । यस्तो समाजमा गाई गोरुको मासु खाने र नखाने समुदाय हुनु सामान्य कुरा नै हो । गाई गोरु मात्र हैन, अन्य पशुहरु जस्तो सुँगुर, भैंसी राँगा, खसी बाख्राको मामलामा पनि खान तथा छुन हुने र नहुने समाज रहेको हामी देख्न सक्छौं । तसर्थः गाई गोरुको मासु खाने विषयलाई मात्र विवादको विषय बनाइराख्नु जरुरी कुरा होइन । नेपाली समाज र यहाँको सँस्कृति कस्तो छ ? भत्रे सामान्य अवस्थालाई म यहाँ चित्रण गर्न चाहन्छु ।

 

नेपाली समाजमा हिन्दु र अहिन्दुहरु मिलेर नै बसेका छन् तर तिनीहरुका साँस्कृतिक अभ्यासहरु विपरित प्रकारका छन् । क्षेत्री ब्राम्हाण समाजमा जाँड रक्सी तथा सुंगुर नछुने तथा नखाने सँस्कार हुन्छ भने उसकै नजिकै बस्ने राई लिम्बू छिमेकीहरुले सुँगुर पाल्ने तथा घरमा रक्सी जाँड पकाउने खाने गर्दछन् तर क्षेत्री ब्राम्हाण छिमेकीले मेरो छिमेकीले मैले छुन खान नहुने सुँगुर पालेको तथा जाँड रक्सी बनाएको, खाएको विषयमा समाज नमिलेको भने कही. कतै छैन । त्यस्तै राईहरुले खसी बाख्राको मासु खान तथा पाल्न त परैको कुरा भयो, छुन सम्म पनि नमिल्ने साँस्कृतिक मान्यता रहेको छ । यदपि यस्तो समाज एकै जातिभित्र पनि हुन्छ । पुर्वी नेपालका लिम्बू जातिभित्रै पनि सुँगुर नभै नहुने हुन्छ तर त्यही लिम्बू भित्रको एक थरीले सुँगुर छुन सम्म मिल्दैन । तुम्बाहाम्फे लिम्बू भित्रै राँगाको मासु खाने र नखानेहरु रहेको पाइन्छ । यसरी नेपाली समाजको सामाजिक सँस्कारहरु कति विविधतापूर्ण र कति जटिल छ भत्रे कुराको दृष्टान्त हो यो । यसरी एक जाति तथा समुदायले खाने कुरालाई अर्कोले निषेध गर्न थालियो भने हाम्रो समाज कहाँ पुग्छ ? भत्रे कुरा यसलाई मात्र हेरेर पनि हामी कल्पना गर्न सक्छौं ।

 

कानूनी मान्यता र अभ्यास

नेपालमा गाई गोरुको मासु खान कानूनी रुपमा नै निषेध गरिएको छ । यही आधार हो, जसले गाई गोरुको मासु खान हुदैन, गाई काट्न पाइँदैन, गाई हाम्रो माता हो … जस्ता तर्क गरेर विवाद गरिदै आएको छ । तर गाई के हो ? गाई माथि बनेको कानूनी व्यवस्था किन र कसरी गरियो ? के राज्यले नाएका सबै कानून मान्य हुन्छन् ? कानूनले कानूको मान्यता पाउन के कस्तो हुनु पर्दछ ? भत्रे कुरा तिर कसैले पनि ध्यान दिएको पाइदैन । यसर्थः यस लेखमा यसै विषयमा प्रष्ट पार्ने जमर्को गरेको छु ।

 

सर्व प्रथम यसलाई एकै कोणबाट मात्र नभएर बहुकोणबाट हेरिनु र व्याख्या गरिनु पर्दछ । एउटा नेपालमा बनेको संविधान र यसमा गरिएको राष्ट्रिय जनावरको उपमाको हवालाले मात्र पुग्दैन । यसमाथि बनेको कानून, कानूनले मान्यता पाउने अवस्था, समाजमा यसको अभ्यास, आदि सबै कोणबाट यसलाई हेरिनु पर्दछ र यसको मान्यतालाई स्थापित गर्न सक्नुपर्दछ । तब न गाई काट्नु हुदैन, गाई गोरु काट्नु र यसको मासु खानु अपराध हो भनेर पुष्टि हुन्छ । अन्यथा यस्तो तर्क गर्नुको कुनै तुक छैन ।

 

सर्वप्रथम गाई गोरुमाथि बनाइएको कानूनी व्यवस्थालाई हेरौं ।

नेपालको संविधानमा गाईलाई राष्ट्रिय जनावर भनिएको छ । मुलुकी अपराध (सँहिता) ऐन, २०७४ को परिच्छेद २७ को पशुपंक्षी सम्बन्धी कसूर शिर्षक राखिएको छ । यसमा मुलुकी अपराध सँहिताको दफा २८९ देखि २९२ पर्दछ । मुलुकी अपराध (सँहिता) ऐन, २०७४ को दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने भत्रे व्यवस्था गरिएको छ । यस ऐनको दफा २८९ (१) मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुदैन भत्रे व्यवस्था गरिएको छ । यसको उपदफा (२) मा उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । यसकै उपदफा (३) कसैले गाई वा गोरुलाई कुटी अंगभंग पारेमा निजलााई छ महिनासम्म कैद र चोट पु¥याएमा पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । मुलुकी अपराध (सँहिता) ऐन, २०७४ को दफा २९० मा भएको पशुपांक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने भत्रे व्यवस्था छ । यसरी मुलुकी अपराध (सँहिता) ऐनले नेपालमा गाई गोरु काट्न र यसको मासु खान मात्र होइन, नेपालका किसानहरुलाई गोरु जोत्न समेत नमिल्ने गरी कानून बनाएको अवस्था छ ।

 

कानूनको विश्वव्यापी मान्यताः

कुनै पनि कानून किन र कसरी बनेको छ ? र यसको कार्यन्वयनले समाजमा कस्तो असर पर्दछ ? भत्रे कुरा महत्वपूर्ण हुन्छ । सामाजिक मूल्य मान्यता र प्रथा परम्परा कानूनका प्रमुख स्रोत हुन् । सामाजिक मूल्य मान्यता तथा प्रथा परम्परा विपरित बनेका ऐनले सामाजिक रुपमा मान्यता पाउँदैनन् । यो विश्वव्यापी रुपमा स्थापित कानूनी मान्यता हो । मुलुकी अपराध (सँहिता) ऐन, २०७४ मा गाई गोरु सम्बन्धी गरिएको व्यवस्था नेपालको सामाजिक अभ्यास सँग मेल नखाने प्रकृतिको छ । कुनै पनि कानून बनेपछि यसको समाजमा यसको कार्यन्वयन हुनु जरुरी हुन्छ । समाजमा कानून कार्यन्वयन हुनको लागि कानून सामाजिक मूल्य, मान्यता र सामाजिक प्रथा परम्परा अनुकूल हुनुपर्दछ । जून कानून सामाजिक मूल्य, मान्यता तथा प्रथा परम्परा विपरित बनेका हुन्छन्, तयस्तो कानून समाजमा कार्यन्वयन हुन सक्दैन । जून कानून समाजमा कार्यन्वयन नै हुन सक्दैन, त्यस्ता कानूनहरु स्वतः रुपमा निष्कृय हुन्छन् । समाजले त्यस्तो कानून मान्दैन र प्रथा परम्परा अनुसार नै समाज चलिरहन्छ । यसरी कानून एकातिर र सामाजिक प्रथा परम्पराहरु अर्कोतिर भएपछि कानून स्वतः निष्कृय हुन्छ र नेपालमै यस्तो भएको दृष्टान्त नजिर यद्यपि छ ।

 

जस्तै, नेपालमा २०३३ सालमा सामाजिक सुधार ऐन बन्यो । यस ऐनको दफा ७, ८, ९, र १० को व्यवस्थाले नेपालमा सर्वसाधारण जनको कार्यमा जन्त जान देखि मलामी जाने तथा भोज भतेर गर्ने देखि किरिया गर्ने क्रियाकलापमा समेत कानूनी सीमा तोकेको छ । यस ऐनको दफा ७ मा ५१ जना भन्दा बढी जन्त जान नहुने, भाडावाल नाचगान गर्ने कलाकार लैजान नहुने, ११ जना भन्दा बढी बाजावाला लान नहुने व्यवस्था छ । त्यस्तै दफा ८ मा दुलाहा दुलही तर्फबाट ५१ जना भन्दा बढी भोजभतेरमा आमन्त्रण गर्न नपाइने व्यवस्था गरिएको छ । दफा ९ मा छैठी, न्वारान, पास्नी लगायतमा २५ जना भन्दा बढी भोजमा आमन्त्रण गर्न नहुने व्यवस्था छ । पितृ कार्य तथा किरिया कार्यमा २५ जना भन्दा बढी भोजमा निम्तो गर्न नपाइने व्यवस्था रहेको छ । यसै ऐनको दफा ११ मा दाइजो प्रदर्शन गर्न नहुने, र दफा १२ मा व्यक्तिको घर सजावट सम्मका कार्यमा पनि मापदण्ड तोकेर कानून बनाइएको छ । सामाजिक व्यवहार सुधार ऐनका यी व्यवस्थाहरुको उल्लंघन हाम्रो समाजमा कति भएका छन् कति ? यस प्रकारका कार्यमा तपाई हामी सबै सहभागी भइरहेकै छौं । यो तपाई हामी सबैलाई राम्ररी थाहा भएकै कुरा हो । तर यस विषयमा न कहीं कतै उजुर परेको छ, न त कोही कसैलाई यस ऐनको व्यवस्था बमोजिम कारवाही भएको छ । हालसम्म यस ऐन बमोजिम कोही कसैलाई कारवाही भएको मलाई जानकारी छैन । तपाईहरुलाई जानकारी भए पंक्तिकारलाई भत्रु होला ।

 

मुलुकी अपराध (सँहिता) ऐन, २०७४ को दफा २९० मा भएको पशुपांक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने भत्रे व्यवस्था छ । यसरी यस व्यवस्थालाई मान्य हो भने नेपालका किसानहरुले गोरु जोत्न समेत नमिल्ने देखिन्छ । यसरी कृषि नेपाल जस्तो परम्परागत कृषि व्यवस्था भएको देशमा कानूनी रुपमा गोरु जोत्न मात्र प्रतिबन्ध लगाइएको अवस्था छ । यही कानूनलाई मानेर नेपालमा गोरु जोतेकै आधारमा ऐनमा तोकिएको कैद र जरिवाना गर्न थालियो भने हाम्रो देशको न्यायप्रणलीले धात्र सक्ला ? तर यस विषयमा कुनै कानून विज्ञले प्रश्न उठाएको पाइदैन ।

 

अतः मुलुकी अपराध (सँहिता) ऐन, २०७४ को दफा २८९ मा भएको गाई गोरु सम्बन्धीको व्यवस्था पनि नेपालको बहुल समाज, सामाजिक मूल्य मान्यता र सामाजिक प्रथा परम्परा विपरित बनेको छ । यस्तो कानूनी व्यवस्थाले सामाजिक मान्यता पाउँदैन । यो व्यवस्था पनि सामाजिक व्यवहार सुधार ऐन, २०३३ को दफा ७, ८, ९, र १० जस्तै स्वतः निष्कृय हुने व्यवस्था हो । त्यसैले यो व्यवस्था खारेजयोग्य छ । यो व्यवस्था कानूनको कुनै पनि कोणबाट हेदाए पनि व्यवहारिक देखिदैन, छैन ।

 

मुलुकी अपराध (सँहिता) ऐन, २०७४ को दफा २९० मा भएको पशुपांक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने भत्रे व्यवस्था छ । यसरी यस व्यवस्थालाई मान्य हो भने नेपालका किसानहरुले गोरु जोत्न समेत नमिल्ने देखिन्छ । यसरी कृषि नेपाल जस्तो परम्परागत कृषि व्यवस्था भएको देशमा कानूनी रुपमा गोरु जोत्न मात्र प्रतिबन्ध लगाइएको अवस्था छ । यही कानूनलाई मानेर नेपालमा गोरु जोतेकै आधारमा ऐनमा तोकिएको कैद र जरिवाना गर्न थालियो भने हाम्रो देशको न्यायप्रणलीले धात्र सक्ला ? तर यस विषयमा कुनै कानून विज्ञले प्रश्न उठाएको पाइदैन ।

 

संविधानसँग बाझिएको कानूनी व्यवस्थाः

नेपालको संविधानको भाग ३ मा धारा १६ देखि धारा ४६ सम्म ३१ नागरिकको मौलिक हक सम्बन्धी व्यवस्था छ । जसमा धारा २५ मा सम्पत्तिको हक सम्बन्धी व्यवस्था छ । धारा २५ (१) मा “प्रत्येक नागरिकलाई कानूनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यवसायिक लाभ लाभ प्राप्त गर्ने र अन्य कारोबार गर्ने हक हुने छ” भनिएको छ । त्यसै गरी यसको स्पष्टीकरण खण्डमा यस धाराको प्रयोजनका लागि सम्पत्ति भत्राले चल अचल लगायत सबै प्रकारका सम्पत्ति सम्झनु पर्दछ र यसले बौद्धिक सम्पत्ति समेतलाई जनाउँदछ भनिएको छ । यसरी हेर्दा संविधान बमोजिम व्यक्तिले पालेको गाई गोरु नितान्त व्यक्तिगत सम्पत्ति हुन् भत्रे कुरा नेपालको संविधानले नै प्रमाणित गर्दछ । अब व्यक्तिको सम्पत्तिको हक भोग सम्बन्धमा हेर्दा मुलुकी देवानी (सँहिता) ऐन, २०७४ को दफा २५१ मा उपभाृग गर्न, खरीद बिक्री वा अन्य तबरले हक हस्तान्तरण वा कारोवार वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु (खरीद विक्री गर्न सकिने भौतिक वस्तु, स्पष्टीकरण खण्ड) वा कार्यलाई सम्पत्ति मानिने छ । यस ऐनको दफा २६६ मा कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा कानून बमोजिम हक प्राप्त भएमा त्यस्तो सम्पत्तिमा निजको स्वामित्व रहेको मानिनेछ भनिएको छ । दफा २६७ मा स्वामित्ववालाको अधिकार हुने भत्रे व्यवस्था छ । यस दफाको (क) देखि (झ) सम्म गरी ९ वटा उपदफाहरुमा सम्पत्ति उपभोग गर्ने, सम्पत्ति विक्री वा अन्य तबरले हक हस्तान्तरण गर्ने, धितो वा बन्धकी राख्ने, सम्पत्तिको कुनै पनि प्रकारको कारोबार गर्ने, सम्पत्तिबाट जुनसुकै किसिमबाट फाइदा लिने, संरक्षण गर्ने, सम्पत्ति कुनै तबरले नष्ट वा समाप्त गर्ने सबै प्रकारको सम्पत्ति माथिको हक स्वामित्वावालामा रहेको देखिन्छ । त्यस्तै दफा २६८ ले सम्पत्ति माथिको भोगाधिकार स्वामित्वालामा नै रहेको निश्चित गरेको छ ।

 

अतः नेपालको संविधानदेखि मौजुदा कानून सबैमा भएको व्यवस्थालाई हेर्दा व्यक्तिले पालेको गाई गोरु नितान्त व्यक्तिगत हो भत्रे प्रमाणित हुन्छ । अब व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति भएपछि त्यसको उपभोग गर्ने अधिकार पनि व्यक्तिको नै हुन्छ । व्यक्तिले उसको निजी सम्पत्ति कसरी भोग उपभोग गर्छ भत्रे कुरा पनि नितान्त व्यक्तिको हकको कुरा नै हुने भयो । यसको ग्यारेन्टी त मौजुदा ऐनले नै गरेको छ । त्यसैले व्यक्तिले गाई गोरु पूजा गरुन् कि काटी खाउन्, त्यो व्यक्तिको नैसर्गिक हकभित्र पर्दछ । यस कुरामा विवाद गरीरहनुको कुनै तुक नै छैन ।

 

राष्ट्रिय जनावरः

नेपालमा संविधानले नै गाईलाई राष्ट्रिय जनावरको रुपमा उल्लेख गरेको छ । यस अर्थमा नेपालमा गाई गोरु काट्न मार्न र यसको मासु उपभोग गर्न प्रतिवन्धको व्यवस्था मुलुकी अपराध (सँहिता) ऐन, २०७४ मा गरिएको छ । यो व्यवस्था नेपाल अधिराज्यको संविधान २०४७ र मुलुकी ऐनको निरन्तरता बाहेक केही होइन । व्यवहारिक रुपमा यो व्यवस्था जून दिन नेपाल अधिराज्यको संविधान २०४७ र मुुलुकी ऐन खारेज भए, त्यस दिन देखि नै नेपाली समाजमा यसको वैधानिकता समापत भइसकेको अवस्था हो । हालको संविधान र ऐनमा यसको व्यवस्था हुनु भनेको फगत पुराना संविधान र ऐनको धङधङ्गी सिवाय केही होइन । बितिसकेको पुराना मान्यताहरुलाई अझै स्थापित गर्न खोज्नुको कुनै तुक नै छैन ।

 

अब राष्ट्रिय जनावर काटन् मार्न हुने कि नहुने भत्रे सवाल तिर जाउँ ।

राष्ट्रिय जनावर घोषित हुदैमा त्यो जनावर काटन वा मार्न नपाइने भत्रे हुदैन । यद्यपि यसमा आ–आफ्ना नियम कानून बनेका होलान् । संसारमा राष्ट्रिय जनावर सम्बन्धी अभ्यासलाई पनि सामान्य रुपले हेरौं । अमेरिकाको राष्ट्रिय जनावर अमेरिकन साँढे ९ब्mभचष्अबल द्यष्कयल० हो । अमेरिकमा यसको मासु धेरै खान्छन् र यसको छाला, भुत्ला लगायत विक्री गरिन्छ । अष्ट्रेलियाको राष्ट्रिय जनावर कङगारू हो र यहाँ कङ्गारूको धेरै शिकार गरिन्छ । अष्ट्रेलियाबाट सबै भन्दा धेरै निर्यात हुने उपभोग्य वस्तु भनेकै कङगारूको मासु हो । पाकिस्तानको राष्ट्रिय जनावर मार्खर नामको एक खालको बाख्रा हो । पाकिस्तानमा यसको मासु सबैभन्दा धेरै खाइन्छ । यसको अर्थ राष्ट्रिय जनावर मार्न वा खान नै हुदैन भत्रे हुदैन । यो संसारको अभ्यासले देखाउँछ । नेपालमा हिन्दु समाज रहेको हुनाले मात्र गाई लाई राष्ट्रिय जनावर घोषण गरी यसको बध गर्न प्रतिबन्ध लगाइएको छ । तर संसारकै सबैभन्दा हिन्दु धर्मावलम्बी धेरै भएको हाम्रै छिमेकी देश भारतमा निश्चित प्रान्तमा बाहेक यसको प्रतिवन्ध छैन र भारतबाट सबैभन्दा धेरै गाई गोरुको मासु निर्यात हुन्छ र ब्राजिल र अष्ट्रेलियापछि भारत संसारको तेस्रो ठूलो गाई गोरुको मासु उत्पादन र निर्यात गर्ने देश हो । भारतमा गाई गोरुको मासु निर्यात गर्ने दर्जन भन्दा बढी ठूला कम्पनीहरु छन् र यस्ता कम्पनीका मालिक हिन्दु धर्मावलम्बी नै छन् ।

 

कुनै पनि जनावर मार्न हुने कि नहुने भत्रे कुरा त्यो जनावरको अवस्था हेरेर हुन्छ । मानिस मात्र हैन, यो पृथ्वीमा अस्तित्वमा भएका सबै जीव जन्तुको बाँच्ने हक हुन्छ । तसर्थः कुनै जीव लोपोन्मुख छ भने त्यसको संरक्षण गर्नु राज्य र व्यक्ति दुवैको दायित्व भित्र पर्दछ । लोपोन्मुख जीव जन्तुको संरक्षण हामी सबैले गर्नुपर्ने कुरामा दुईमत रहेन । गाई गोरुको सवालमा यो लोपोन्मुख जनावर पनि होइन । यो घर पालुवा पशु हो । यसलाई व्यक्तिले नै पाल्ने हुँदा यसको स्वामित्व पनि पाल्ने व्यक्तिसँगै रहेको हुन्छ । व्यक्तिले पालेपछि यो व्यक्तिको निजी सम्पत्तिको रुपमा हिसाव हुन्छ । त्यसैले व्यक्तिले गाई गोरु खरीद विक्री गर्दछन् । राष्ट्रिय जनावर लाई राष्ट्रिय सम्पत्ति मात्रे हो भने त राज्यले व्यत्तिललाई गाई गोरु पाल्ने छुट पनि दिनु हुदैन र सम्पूर्ण गाई गोरुको स्वामित्व र संरक्षण पनि राज्यले नै लिनु पर्दछ । राष्ट्रिय जनावर घर घरमा पालेर, दामलोले बाँधेर बन्धक बनाएर राख्नु पनि अपराधको रुपमा व्यवस्था गनुृपर्दछ र गाई गोरु पालेर राष्ट्रिय जनावरको स्वामित्व लिने सबै सबैलाई राज्यले कारवाही गर्नुपर्दछ ।

 

नेपालमा गाई गोरु काट्न मार्न नपाइने कानून अव्यवहारिक छ । संसारमा मानिसले उपभोग गर्ने खाद्यत्रको लगाभाग ५० प्रतिशत हिस्सा जीव जनावरको मासुबाट आउँछ । त्यसको पनि लगभग २० प्रतिशत हिस्सा त बीफ अर्थात गाई गोरुको मासुले ओगटेको छ । संसारको सबैभन्दा धेरै बीफ खाने देश अमेरिकाको राष्ट्रिय जनावर नै साँढे गोरु छ । दोस्रो सबैभन्दा धेरै बीफ खाने र संसारकै ठूलो जनसंँख्या भएको देश चीन नेपालकै छिमेकी देश हो ।

 

देशको हित र आर्थिक लाभ र संभाव्यता

नेपालमा गाई गोरु काट्न मार्न नपाइने कानून अव्यवहारिक छ । संसारमा मानिसले उपभोग गर्ने खाद्यत्रको लगाभाग ५० प्रतिशत हिस्सा जीव जनावरको मासुबाट आउँछ । त्यसको पनि लगभग २० प्रतिशत हिस्सा त बीफ अर्थात गाई गोरुको मासुले ओगटेको छ । संसारको सबैभन्दा धेरै बीफ खाने देश अमेरिकाको राष्ट्रिय जनावर नै साँढे गोरु छ । दोस्रो सबैभन्दा धेरै बीफ खाने र संसारकै ठूलो जनसंँख्या भएको देश चीन नेपालकै छिमेकी देश हो ।

 

नेपाल हिमाल तथा उच्च पहाडी चिस्यान भएको देश हो । यस भेगमा पशुपालनको संभाव्यता अधिक छ र यसलाई व्यवस्थित गरी पशुपालनलाई प्रोत्साहन गर्न सकियो भने यसले देशको अर्थतन्त्रमा ठूलै प्रभाव पार्न सक्छ । उच्च हिमाली तथा पहाडी भेगमा हुने पशु पालन चौरी तथा याक एवं लेकाली गाई गोरुको मासुको छुट्टै ब्राण्ड हुन सक्छ र यसले विश्व बजारमा छुट्टै माग हुन सक्छ । यसरी उच्च पहाडी तथा हिमाली भेगमा हुने गाई वस्तु, चौरी लगायतको पालनबाट यसको दुध र मासु को छुट्टै ब्राण्ड गरी बजार व्यवस्थापन विदेश निर्यात गरेर नेपालमै रोजगारीको अवसर बृद्धि तथा देशको राष्ट्रिय आम्दानीमा समेत वृद्धि गरी देश र जनता सबै समृद्ध हुने प्रचुर संभावना रहेको हुँदा नेपालमा गाई गोरु काट्न मार्न नपाइने कानूनी व्यवस्था खारेज गर्नुमा नै देश र जनता दुवैको भलाई छ ।

 

सामाजिक सद्भाव कसरी कायम राख्ने ?

कानूनको शासन सर्वोपरी हुन्छ, तर कानून राज्यको केवल एक हतियार मात्र हो, कानून आफैमा पूर्ण चीज होइन र यो सधैं स्थायी हुदैन । समाज त सामाजिक प्रथा परम्परा अनुरुप चलिरहन्छ । हरेक समाजमा रहेका समुदायका आ–आफ्नै मूल्य मान्यता र प्रथा परम्परा रहेका हुन्छन् । एक समुदायको प्रथा परम्परा माथि अर्को समुदायले आपत्ति जनाउनु भन्दा पनि सम्मान गरेर बस्दा सामाजिक सद्भाव कायम हुने हो । एक अर्काको संस्कार र संस्कृतिमा दक्खल पु¥याउने होइन । कसैले गाई पुज्नु र कसैले गाईको मासु खानु फरक संस्कृति भए पनि फरक कुरा भने होइन । दुवै कुरा व्यक्ति र परिवारको फरक संस्कृतिबाट आएका साँस्कृतिक मान्यता हुन् । एउटै कुरा यस अर्थमा हो कि एउटाले गाई पुज्नु उसको साँस्कृतिक परम्परा हो र उसले गाई पुज्न पाउनु उसको मौलिक हक हो । त्यसै गरी अर्कोले गाई गोरुको काट्नु र मासु खानु पनि उसको साँस्कृतिक परम्परा हो र गाई गोरुको मासु खान पाउनु उसको पनि मौलिक हक हो । यसरी एउटै कुरा माथि फरक संस्कृतिमा फरक मान्यता र दृष्टिकोण हुनु दुुवैका लागि उस्तै र समान मान्यताका कुरा हुन् ।

 

यसर्थः छरछिमेकमा कसैले गाई गोरु काटेर खाँदा अर्कोले आपत्ति जनाइराख्नु, प्रशासनमा उजुरी गर्नु, सञ्चार माध्यमा समाचार बनाइराख्नु आवश्यक कुरा नै होइन । कानूनमा भएको सबै व्यवस्था समाजमा मान्य हुदैनन् । जस्तै, सामजिक व्यवहार सुधार ऐनको दफा बमोजिम हाम्रो समाज र छरछिमेकमा हुने प्रत्येक भोज भतेरमा अर्कोले गएर प्रशासनमा उजुरी गर्न थालियो भने त्यो समाज र छरछिमेकमा के होला ? के एउटा छिमेकीको काज भोजमा कार्यमा उसलाई अर्को छिमेकीले कानून बमोजिम कारवाही गराएर सामाजिक सद्भाव कायम रहला ? निसन्देह यसरी सामाजिक सद्भाव कायम रहन सक्दैन । मुलुकी अपराध (सँहिता) ऐन, २०७४ को दफा २९० मा भएको पशुपांक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने भत्रे व्यवस्था छ । यसरी यस व्यवस्थालाई मान्य हो भने नेपालका किसानहरुले गोरु जोत्न समेत नमिल्ने देखिन्छ । यसरी कृषि नेपाल जस्तो परम्परागत कृषि व्यवस्था भएको देशमा कानूनी रुपमा गोरु जोत्न मात्र प्रतिबन्ध लगाइएको अवस्था छ । तर यस विषयमा कुनै कानून विज्ञले प्रश्न उठाएको पाइदैन । यही कानूनलाई मानेर नेपालमा गोरु जोतेकै आधारमा ऐनमा तोकिएको कैद र जरिवाना गर्न थालियो भने हाम्रो देशको न्यायप्रणलीले धात्र सक्ला ? हेर्दा सामान्य लाग्ला, तर यो गम्भीर प्रश्न हो ।

 

यसर्थः मुुलुकी अपराध (सँहिता) ऐन, २०७४ को दफा २८९ को व्यवस्था पनि सामाजिक व्यवहार सुधार ऐन, २०३३ को दफा ७, ८, ९ र १० को व्यवस्था भन्दा फरक छैन । यो समाजमा कार्यन्वयन हुने प्रकृतिको व्यवस्था नै होइन । यस कारणले गर्दा छिमेकीले आज के पकाउँछ ? उसको चुलोमा कुन जनावरको मासु पाक्छ ? भनेर चियो चर्चो गरेर सामाजिक सद्भाव कायम हुदैन । त्यसैले व्यवहारिक रुपमा नै गाई गोरुको मासु खाने खान पाइन्छ र गाई पुज्नेले पनि पुज्न पाइन्छ । एकले अर्काको संस्कृति र सामाजिक मान्यतालाई स्वीकार गरेर जानु नै उत्तम हुन्छ । नेपाल जस्तो बहुल संस्कृति भएको समाजमा त यस्तो कुरा सामान्य हो । यसकारण यसलाई स्वीकार गरेर जानुको विकल्प हामीसँग छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...