YouTube Link

चार वर्षपछि सुरु भयो १५औं नाडा अटो शो, ६ दिनसम्म चल्ने, १२० स्टल रहेको शोमा २० अर्ब रुपैयाँ कारोबार लक्ष्य

Facebook Link

 

काठमाडौं: कोरोना महामारीका कारण रोकिएको १५औं नाडा अटो शो-२०२३ चार वर्षपछि सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटो शोको समुद्घाटन गरेका हुन् ।

 

कोरोना महामारीका कारण रोकिएको अटो शो ४ वर्षपछि पुन: भृकुटीमण्डपमा आयोजना गरिएको हो । अटो शोमा १२० स्टल राखिएको छ । आयोजक नाडा अटोमोबाइल डिलर्स एसोसिएसनले ६ दिनसम्म चल्ने अटो शोमा २० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरेको छ ।

 

नयाँ नयाँ ब्राण्ड र मोडलका विद्युतीय सवारीसाधन यस पटकको नाडा अटो शोमा प्रमुख आकर्षण बनेको छ । ४५ भन्दा धेरै ब्राण्डका सवारीसाधन अटो शोका स्टलमा राखिएको छ । अटो शोमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरूले सहभागिता जनाएका छन्‌ । २ पाङग्रे, ४ पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूको छुट्टा-छुट्टै प्रदर्शन गरिएको छ ।

 

 

टाटा मोटर्स जेनुइन आयल भदौ ३१ सम्म चल्ने अटो शोको प्रमुख प्रायोजक हो । सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन् हस्पिटल जस्ता संस्थाहरू रहेका छन् ।

 

अटो शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् सवारीसाधनसँग सम्बन्धित सामग्री खरिद एवम् जानकारी एकै थलोमा पाइनेछ । नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना हुन लागेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको छ ।

 

 

नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभइ आम सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तोकिएको छ । विद्यार्थीहरूले १५० रुपैयाँ तिरेर नाडा अटो शो अवलोकन गर्न पाउनेछन्‌ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...