YouTube Link

लन्डनमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को भव्य वर्ल्ड प्रिमियर

Facebook Link

 

लन्डन: ब्रिटिश गोर्खा सैनिकहरूको कथामा निर्मित नेपाली कथनाक चलचित्र ‘गोर्खा वारियर’ एक भव्य समारोहबीच लन्डनमा वर्ल्ड प्रिमियर गरिएको छ ।

 

लन्डनको केन्द्र लेष्टर स्क्वायरस्थित आइम्याक्स सिनेमा हलमा गरिएको रेड कार्पेट प्रिमियरमा ७ सय बढी दर्शकले चलचित्र हेरेका थिए । बलिउड र हलिउडका चलचित्रहरू प्रदर्शन हुने बेलायतको प्रतिष्ठित सिनेमामा कुनै नेपाली चलचित्रको प्रिमियर गरिएको सम्भवत: यो नै पहिलो अवसर हो ।

 

सिनेमाको प्रिमियरअघि चलचित्रका कलाकार तथा प्राविधिक टीम र विशेष अतिथिहरूलाई रेड कार्पेटमा स्वागत गरिएको थियो । सो अवसरमा ब्रिगेड अफ गोर्खाजको ब्यान्ड र पाइपरबाट विशेष म्यूजिकल प्रस्तुति गराइएको थियो ।

 

 

सेन्ट्रल लन्डनको अत्याधिक व्यस्त लेष्टर स्क्वायरको केन्द्रमा बाजागाजा र तामझामसहित नेपाली चलचित्र प्रदर्शन भइरहंदा त्यहां घुम्न आएका सयौं पर्यटक एवम् विदेशीहरुको प्रशस्त ध्यान खिचिएको देखिन्थ्यो । ‘गोर्खा वारियर’ को लन्डन वर्ल्ड प्रिमियरपछि चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो दुई दशकदेखिको प्रयास सफल बनेको महशुस् गरेको बताएका छन् ।

 

चाम्सद्वारा निर्देशित गोर्खा वारियरले बेलायतको लागि मलायाका जंगलमा गोर्खा सैनिकहरूले लडेको ७० वर्षअघिको युद्धलाई पर्दामा उतारेका छन् । युद्धका क्रममा गोर्खाले व्यहोरेका सास्ती, देखाएको वीरता र नेपालमा रहेका परिवारसँगको कारुणिक वियोगका बाध्यताहरुलाई चलचित्रले चित्रण गरेको छ ।

 

 

चलचित्रमा पूर्वगोर्खा रितेश चाम्सको प्रमुख भूमिका छ भने विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल लगायतका कलाकारले पनि अभिनय गरेका छन् । निर्माता सुमन राई र सुस्मिता वाइबा तथा सहनिर्माता सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा छन् ।

 

गोर्खा वारियर आगामी चैत महिनाभित्रै नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा ल्याउने तयारी रहेको गोर्खा वारियरका मिडिया संयोजक आकाश सुनुवारले जानकारी दिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...