YouTube Link

वडाअध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, दिउँसो साढे ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै

World Cup 2026
Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ ।

पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि श्रद्धाञ्जलीका लागि उनको शव राष्ट्रिय सभागृहमा राखिएको हो । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का सभापति समेत रहेका रिजालको  उपचारका क्रममा बिहीबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।

काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका वडाध्यक्ष रिजालको आज बिहान साढे ७ बजे निधन भएको हो । उनको निधन भाइरल निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।

उनको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, कांग्रेस महामन्त्री गगनकुमार थापा लगायत नेताहरुले श्रद्धाञ्जली दिए । उनको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । रिजालको पार्थिव शरीरलाई दिउँसो साढे ३ बजे अन्त्येष्टि गरिँदैछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...