कृषि गणनाको नतिजा सार्वजनिक, कृषि गर्ने जमिनको क्षेत्रफल घट्यो, कृषक परिवार बढ्यो
वि.सं.२०८० भदौ २१ बिहीवार १३:३०
काठमाडौं: नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । सातौ कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हो ।
नयाँ विवरण अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती गरिन्थ्यो ।
नयाँ तथ्यांक अनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नयाँ तथ्यांक अनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियो ।
वि.सं.२०८० भदौ २१ बिहीवार १३:३०