म्यान्मारसँग मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा
वि.सं.२०८० भदौ १७ आइतवार १८:३०
3K
shares
काठमाडौं: म्यान्मारसँगका दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।
नेपालले यही भाद्र २२ र २५ गते म्यान्मारको याङ्गुनस्थित घरेलु मैदानमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । किरणकुमार लिम्बूको कप्तानीमा रहने २३ सदस्यीय टोलीमा ३ जना गोलरक्षक, ६–६ जना रक्षापंक्ति र मध्यपंक्तिका खेलाडी र ८ जना अग्रपंक्तिका खेलाडी छन् ।
नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप म्यान्मारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टोलीका खेलाडी
गोलरक्षक: किरणकुमार लिम्बु (कप्तान), दीपक कार्की र अभिषेक बराल ।
रक्षापंक्तिका खेलाडी: सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छिरिङ लामा ।
मध्यपंक्तिका खेलाडी: एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिसरत्न चुन्जू ।
अग्रपंक्तिका खेलाडी : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी, जिलेप्सीजंग कार्की, दिनेश हेनजान र हिसुब थपलिया ।
वि.सं.२०८० भदौ १७ आइतवार १८:३०




















