YouTube Link

ट्रेकिङ-माउण्टेन गाईडका लागि फोटोग्राफी प्रशिक्षण सम्पन्न

Facebook Link

 

काठमाडौं: नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने उद्धेश्यले ट्रेकिङ गाईड तथा माउण्टेन गाईडका लागि आयोजित दुई छुट्टाछुट्टै  फोटोग्राफी प्रशिक्षण  सम्पन्न भएको छ ।

 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा अखिल नेपाल पर्यटन मजदुर संघ, नेपाल पर्यटन श्रमिक संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल र समाजवादी पर्यटन ट्रेड युनियन नेपालसँगको सहकार्यमा भाद्र ११ देखि १४ सम्म पर्यटन फोटोग्राफी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षणमा १३८ जना ट्रेकिङ गाईडहरुको सहभागिता रहेको थियो ।

 

यस्तै माउण्टेन गाईड एशोसिएसन नेपाल (मोर्गान)सँगको सहकार्यमा साउन १९ देखि २१ गतेसम्म ६५ जना माउण्टेन गार्डहरुका लागि मोबाईल फोटोग्राफी प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा फोटोग्राफी तथा मोबाईल फोटोग्राफीका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको समग्र पर्यटनका बारेमा प्रशिक्षण दिइएको थियो ।

 

 

समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा ट्रेकिङ गाईड एवं माउण्टेन गाईडहरुका लागि  यो तालिम आयोजना गरिएको बताए । ‘गाईडहरु आफैमा पर्यटन दूत हुन् । उनीहरूले पर्यटकलाई देशका विभिन्न ठाँउका बारेमा जानकारी गराउन फोटो महत्वपूर्ण माध्यम हुन सक्छ । पर्यटकहरुलाई घुमाउने गाईडहरुमा फोटोग्राफीको ज्ञान हुँदा  पर्यटन प्रवर्द्धनमा पक्कै ठूलो सघाउ पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।’

 

तालिममा वरिष्ठ फोटोपत्रकार राजन काफ्ले तथा फोटोपत्रकार प्रदीप क्षेष्ठले क्यामेराको सञ्चालन, फोटोको महत्व, यसका शैद्धान्तिक  तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिएका थिए । यस्तै नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको समग्र पर्यटन तथा पर्यटन फोटोग्राफिमा तथा फोटोग्राफीमा गोपनीयता लगायत अन्य कानूनी पक्षबारे प्रशिक्षण दिएका थिए ।

 

जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले गाईडहरुसँगै यस अघि महिला पत्रकार तथा अन्य पत्रकार गरि एक सय जना भन्दा पत्रकारलाई पनि पर्यटन फोटो पत्रकारिताको प्रशिक्षण प्रदान गरिएको जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...