YouTube Link

अल नासरको सानदार जित, रोनाल्डोको सिजनको पहिलो ह्यट्रिक

Facebook Link

एजेन्सी: क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल नासरले साउदी प्रो लिगमा सानदार जित निकालेको छ । अल नासरले अल फाटे एफसीमाथि ५–० को फराकिलो जित निकालेको हो ।

दुई गोल यस समरमा अल नासर आएका सेनेगली फरवार्ड साडियो मानेको नाममा रह्यो । साउदी प्रो लिगमा सुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो । यसअघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम अल हासामा शुक्रबार राति गोलको वर्षा भएको खेलको २७औं मिनेटमा मानेको गोलबाट अल नासरले १–० को अग्रता लिन सफल भयो । ३८औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा २–० को हग्रता दिलाए ।

खेलको ५५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अघि बढाए । ८१औं मिनेटमा मानेले घारिवकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई ४–० ले अघि बढाए ।

त्यसपछि खेलको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा रोनाल्डोले नवाफ अल बोउसेलको पासमा ह्याट्रिक पूरा गर्दै अल नासरलाई ५–० को सानदार जित दिलाए । जितसँगै अल नासर ३ खेलबाट ३ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित अल फाटे ४ अंक जोडेर आठौं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...