नेपाल र हङकङबीच आज फाईनल खेल हुँदै
वि.सं.२०८० भदौ ९ शनिवार ०६:२८
3K
shares
काठमाडौं: मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच प्रतिष्पर्धा हुँदैछ ।
अन्तिम खेलमा मलेसियासँग पराजित भएपनि नेट रन रेटका कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो ।
नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालको नेटरनरेट ०.८५३ छ । अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो । हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । हङकङको नेट रन रेट ०.१९२ छ ।
हङकङले कुवेत र मलेसियालाई हराएको थियो । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा पुग्यो । मलेसियाको नेट रनरेट ०.००७ रह्यो । कुवेत ३ खेलमा तीनवटैमा हारका साथ अंकविहीन हुँदै बाहिरियो । तेस्रो स्थानको लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
वि.सं.२०८० भदौ ९ शनिवार ०६:२८



















