YouTube Link

हङकङलाई हराउँदै नेपालको विजय सुरुवात

Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि-२० आई खेलमा विजयी सुरुवात गरेको छ ।

 

हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । सम्झना कुमारी खड्का ३६ सीता राना मगर ३ रनमा नटआउट रहे । सम्झना ३६ बलमा ५ चौका हान्दै ३६ रनको योगदान दिइन् ।

 

ओपनर पुजा महतोले १६ रनको योगदान दिईन् । नेपाली राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी पुजाले एक विकेट समेत आफ्नो नाममा गरिन् । अर्की ओपनर बिन्दु रावल शुन्उ रनमा नै एलबीडब्लु धरापमा परिन् । इन्दु बर्मा ९ रजमा बोल्ड आउट भइन् । रुविना क्षत्री वेलबासेले १० रन बनाउँदा बोल्ड आउट भइन् ।

 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा ८४ रन बनाउँदा अलआउट भयो । हङकङकी यास्मिन दासवानी ६ रन बनाउँदा पुजा महतोको हातबाट बोल्ड आउट भइन् । अलराउण्डर पुजाले डेब्यु खेलमा नै विकेट लिईन् ।

 

मारिको तविथा ओटा ६ रन बनाउँदा कविता विकको बलमा सीता रानाको हातबाट क्याच आउट भइन् । सिंगयान डोरोथिया चान १६ रन बनाउँदा सिता रानाको बलमा कविता विकले क्याच आउट गराउँदै पवेलियन फर्काइन् । सीताले नै का मन चाङलाई शुन्य रनमा तथा शान्जिन शहजादलाई २ रनमा एलबीडब्लु धरापमा पारिन् ।

 

सीताले नै रुचिथा भेन्काटेसलाई १ र बिबि मर्यामलाई ९ रनमा एलबीडब्धु धरापमा पारिन् । का यिङ चान ३४ रन बनाउँदा कप्तान रुविना क्षत्रीको हातबाट आउट भईन् । नेपालका लागि सीता राना मगर एक्लैले ५ विकेट लिईन् । सिताले ४ ओभरमा १६ रन खर्चेर पाँच विकेट लिएकी हु्न् ।

 

इन्दु बर्माले दुई विकेट झारिन् । रुविना क्षत्री, पुजा महतो र कविता कुवँरले समान एक विकेट लिए । सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार कुवेतसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...