दुई किलो सुन सहित रसुवाबाट दुई जना पक्राउ
वि.सं.२०८० भदौ ३ आइतवार १४:१४
1.6K
shares
काठमाडौं: जिल्ला प्रहरी कार्यालय रसुवाले नियमित चेकका क्रममा लुकाएर ल्याएको दुई किलो सुन शनिबार साँझ बरामद गरेको जनाएको छ ।
टिमुरेबाट स्याफ्रु पैदल आउँदै गरेका सुनसहित भोटेकोशी-५ का २४ वर्षीय सुदीप शेर्पा र भोटेकोशी-१ का ३० वर्षीय फुर्साङ्बु शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चेकिङका क्रममा बरामद भएको सुन परीक्षण गरेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन काठमाडौंतर्फ लैजान खोजिएको थियो ।
वि.सं.२०८० भदौ ३ आइतवार १४:१४




















