Rajshow Bivag

पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बसमा आगलागी हुँदा २० जनाको मृत्यु, १५ जना घाइते

Departmant of helth services

 

एजेन्सीः पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

 

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगलागी भएको थियो । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए ।

 

उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।

 

अघिल्लो साता पञ्जाव प्रान्तमा भएका २ हजार ८९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने ३ हजार १११ जना घाइते भएका थिए । आपत्कालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, १८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, ८५० जना घाइते अस्पताल भर्ना भएका थिए । ८९१ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् ।

 

यसैबीच, देशको उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा ११ जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका एआरवाई न्युजले जनाएको छ । मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विष्फोट सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

 

अघिल्लो साता वजिरिस्तानको बाजौरमा भएको ठूलो आत्मघाती विष्फोट भएको थियो । चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्ष्य  गरी गराइएको उक्त विष्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो । इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:१६

  काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...