YouTube Link

पत्रकारहरु समाजको ऐना हुनुपर्छः उप-सभामुख ईन्दिरा रानामगर

मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ, तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ

Facebook Link

 

काठमाडौं: संविधानसभाका उप-सभामुख ईन्दिरा रानामगरले पत्रकारहरुले समाजमा भएका सत्य तथ्य घटनालाई जस्ताको तस्तै देखिने गरी समाजलाई देखाएर ऐनाको भुमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

 

बुधबार जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोहमा स्रष्टा सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण तथा सुसेली तीज गीत छनौट कार्यक्रममा प्रमुख अतिथि रानामगरले यस्तो बताएकी हुन् ।

 

लोक गीतको लोकार्पण गर्दै उप-सभामुख रानामगर भने- ‘म पनि रामेछापका बिभिन्न भू-भागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाईबहिनीहरुले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरुको मन जित्ने छ भन्दै प्रशंसा गरे ।

मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ, तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ

अर्को प्रशङ्गमा उप-सभामुख रानामगरले भने- यति ठूलो कार्यक्रम गरी मोहन जीले समाजमा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गर्दैहुनुहुँदोरहेछ । मैले पनि अनाथ स-सना नानीबाबुहरुलाई ल्याएर पालेर हुर्काउने काम गर्ने गरेको छु । मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ । तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । रानामगरले थपे ‘मलाई राजनीतिमा आउन त्यति मन थिएन ब्यर्थै राजनीतिमा लागेको जस्तो शुरु शुरुमा भएको थियो । तर पछि बुझ्दै जाँदा महिला दिदीबहिनीहरुले राजनीतिमा आउनुपर्ने रहेछ । त्यहाँ महिलाका नीतिका कुरा लागू गर्नलाई नानी बोकेर हुन्छ के गरेर सम्भव हुन्छ त्यो आँट महिला दिदीबहिनीहरुले गर्नैपर्छ ।”

 

तस्बीरः प्रदीप कुमार श्रेष्ठ ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले जनआकाश  साप्ताहिकलाई शुभकामना दिँदै जनआकाश जस्ता साना लगानीका मिडियाहरुलाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठुला भनिएका मिडिया जे भ्रम छर्यो त्यो नै सत्य होकी भनेर जनताले पत्याउनुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको मुख्य भूमिका हुनुपर्नेमा जोड दिए ।

 

शुभकामना दिने क्रममा टानका पुर्व अध्यक्ष  तथा  नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य खुम बहादुर सुवेदीले व्यासायिका समस्या निक्कै विकाराल छन् । यसको समस्याको सावधान सरकारी पक्षबाट हुनुपर्ने र पर्याटनलाई प्रथामिकता दिएर नेपालको अर्थतन्त्र सुधार्न सकिने बताए ।

 

कार्यक्रममा वित्तिय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी,  बहुआयामिक प्रतिभा गरी १५ विद्याका व्यक्तित्वहरुलाई सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका, संगीतकार, सुसेली तीज गीतमा भाग लिएका सुसेली साहित्यकारहरुलाई कदर-पत्र र विशिष्ट अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई मायको चिनोले सम्मानित गरिएको थियो ।

कार्यक्रमको एक झलक

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...