सुनुवार कोइँच भाषाको गजल संग्रह ‘झूल्फी फू’ बिमोचन, ‘कला तथा साहित्य पुरुस्कार-२०८०’ गायिका कल्पना सुनुवारलाई

 

काठमाडौं: साहित्यकार तारादेवी सुनुवारको कृति कोइँच भाषामा लिखित गजल संग्रह ‘झूल्फी फू’को बुधबार एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको छ ।

 

टेक बहादुर बिष्णुमाया सुनुवार स्मृती कोषद्वारा प्रकाशित कृतिलाई बागमती प्रदेश सभा सदस्य उर्मिला सुनुवारको प्रमुख आतिथ्य तथा सुनुवार सेवा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारको हातबाट कृतिको बिमोचन गरिएको थियो ।

 

साहित्यकार तारादेबी सुनुवारले यसअघि ‘परिस्थिती’ कविता संग्रह-२०७३, ‘अबिरल’ कविता संग्रह-२०७५, सुनुवार भाषाको ‘थुँ थ्यनी’ संग्रह-२०७६,  सुनुवार भाषाको ‘देष मपथु वोय’ कविता संग्रह-२०७८, ‘सम्झनाका फुलहरु’ गजल संग्रह-२०७८, सुनुवार भाषाको ‘सुया’ कविता संग्रह-२०७९ प्रकाशित भईसकेका छन ।

 

यसैबीच टेक बहादुर बिष्णुमाया सुनुवार स्मृती कोषबाट प्रदान गरिने कला तथा साहित्य पुरुस्कार-२०८० गायिका कल्पना सुनुवारलाई प्रदान गरिएको छ । बिगत एक दशकदेखि नेपाली गीत संगीतमा अनवरत रुपमा क्रियाशिल हुँदै आएकी गायिका सुनुवारलाई सुनुवार कोइँच भाषाको ‘गे तेङा गो तेङा’ र ‘पोकली कोथ जाकिन’ मा स्वर भरेकी छिन् ।

 

 

सुनुवार कोइँच भाषाको संरक्षण प्रबर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष एक जना कला साहित्यको क्षेत्रमा क्रियाशिल सुनुवारलाई प्रोत्साहन स्वरुप यो पुरुस्कार वितरण गरिदै आएको छ । टेकबहादुर र बिष्णुमाया सुनुवारको स्मृतिमा छोरीहरु साबित्री सुनुवार, तारादेवी सुनुवार छोराहरु अर्जुन सुनुवार र केदारराज सुनुवारले संयुक्त रुपमा २०७५ सालमा रु. १ लाख १० हजार १ रुपैयाँको कोष स्थापना गरेका थिए ।

 

 

कार्यक्रममा संबिधान सभा सदस्य दालकुमारी सुनुवार, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङ, सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष रणबीर सुनुवार, पूर्व अध्यक्ष मान बहादुर सुनुवार, मन प्रसाद सुनुवार, संस्थापक सदस्य प्रेम बहादुर सुनुवार, गजल संग्रहका कृतिकार एवं स्मृति कोषका संस्थापक सदस्य तारादेवी सुनुवार लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...