Rajshow Bivag

पोखरा बसपार्कबाट २८ तोला सुनको बिस्कुटसहित महिला पक्राउ

Departmant of helth services

 

पोखराः कास्की प्रहरीले आज बिहान एक महिलाले  भित्री वस्त्रभित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुट र औंठी बरामद गरेको छ ।

 

बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकश जोशीका अनुसार काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो । विशेष सूचनाका आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको उनले बताए ।

 

डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोही अनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन् ।

 

‘पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेका थिए,’ ती महिलालाई उदृत गर्दै डीएसपी जोशीले भने, ‘हामीले फोन कुर्‍यौं तर ती महिलाको मोबाइलमा फोनचाहिँ आएको छैन । अब हामी यो धातु राजश्व अनुसन्धान विभागलाई सुम्पन्छौँ ।’

 

महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चलिरहेको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ । पोखरामा सुनको माग अत्यधिक छ । तर, नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्र बजार पठाउँछ । त्यसको थोरै मात्रा मात्र पोखरा आइपुग्छ ।

 

प्रहरीले यसअघि पनि बसयात्रीबाट पटकपटक सुन बरामद गरेको छ।  तीजलगायतका चाडबाडमा सुनको माग अत्यधिक हुन्छ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...