YouTube Link

मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

World Cup 2026
Facebook Link

काठमाडौं: मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् ।

ती जिल्लामा विपदबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै बेपत्ता हुनेहरु छ जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका महाशाखाले जनाएको छ । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपदमा परेर एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो ।

मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बिच भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...