YouTube Link

आर्सनल र वाट्फोर्डले खेले बराबरी

Facebook Link

एजेन्सी: ईङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । आईतबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो । वाट्फोर्डको मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

आर्सनलका पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । वाट्फोर्डका टम क्लेभर्ली र रोबर्टो पेरेयाराले एक एक गोल गरे । खेलको २१ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । खेलो दोस्रो हाफमा वाट्फोर्डले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २-१ मा ल्याए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै वाट्फोर्डलाई हारबाट जोगाए । बराबरीसँगै आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आर्सनलले ५ खेलबाट ८ अंक जोडेको छ र लिगको सातौं स्थानमा रहेको छ । वाट्फोर्डले ५ खेलमा २ अंक जोडेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...