YouTube Link

विमानस्थलमा तस्करीको सुन रहेको आशंकामा अपरेसन

Facebook Link

 

काठमाडौं: त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भएपनि थप सुन हुनसक्ने आशंकामा विमानस्थलमा रहेका अन्य सामान पनि चेकजाँच भइरहेको छ ।

 

मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा आएको ब्रेक शुमा लुकाइएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद भएको थियो । ब्रेक शु रेड ट्रेड कम्पनीले मगाएको थियो । उक्त कम्पनीकै अन्य सामान पनि भन्सार कार्यालयमा भेटिएपछि कार्यालयमै जाँच गर्न थालेको हो ।

 

भन्सार स्रोतका अनुसार १०-११ वटा प्याकेजहरू जाँच भइसकेका छन् । यद्यपि थप सुन फेला परिसकेको छैन । अझै १३ वटा प्याकेज बाँकी छन् । ती सामानको पनि जाँच भइरहेको बुझिएको छ । त्यससँगै यसमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । उनीहरूसँगको सोधपुछ एवं सुराकको आधारमा कार्यालयले  थप अपरेसन जारी राखेको हो ।

 

सशस्त्र प्रहरी स्रोतले काठमाडौंका केही ठाउँमा पनि खानतलासी लिएको छ । थप सुन भेटिने आशंकामा अपरेसन चलाइएको हो । अहिले विमानस्थलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना पनि पुगेका छन् । उनीसँगै भन्सार विभागका कर्मचारीहरू पनि खटिएर सुनको खोजीमा जुटेका छन् ।

 

यता मंगलबार बरामद भएको सुन भने जोख्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको छ । आठ वटा पोकामा उक्त सुन राखिएको छ । यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन् । एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन् ।

 

बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो । यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...