YouTube Link

आजदेखि सुरु हुँदै एसीसी इमर्जिङ नेसन्स टिम्स कप

Facebook Link

काठमाडौं: एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । इमर्जिङ टिम्स एसिया कप आगामी जुलाई २३ सम्म श्रीलंकामा हुनेछ ।

इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्दै छन् । इर्जिङ कपमा नेपाल रहेको समूह ‘बी’ मा पाकिस्तान ‘ए’, भारत ‘ए’ र यूएई छन् । श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान समूह (ए) मा रहेका छन् ।

प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ‘ए’ टिम पठाएका छन् भने नेपालले भने आगामी एसिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ ।

प्रतियोगिताको पहिलो दिन आज समुह (ए) अन्तर्गत श्रीलंका ‘ए’ र बंगालदेश ‘ए’ तथा ओमान ‘ए’ र अफगानिस्तान ‘ए’ टिम खेल्दै छन् ।

नेपालले भने आफ्नो पहिलो खेल जुलाई १४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

नेपाली टिममा करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई बाहिर राखिएको छ । जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन ।

त्यस्तै टिममा समावेश गरिएका आरिफ सेखले निजी कारणले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउमा अल राउण्डर पवन सराफलाई टिममा समावेश गरिएको छ । यस प्रतियोगितामा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरालाई अवसर दिइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...