YouTube Link

यस्तो छ माइक्रोसफ्ट विन्डोज ११ सम्मको यात्रा

नयाँ विन्डोज ११ सम्मको यात्रामा के-के परिवर्तन आयो त ?

Facebook Link

 

एजेन्सीः माइक्रोसफ्ट कम्पनीको ग्राफिकल अपरेटिङ सिस्टम विन्डोजले कम्प्युटर अपरेटिङ सिस्टमको बजारमा करीब ७५ प्रतिशत हिस्सा ओगटेको छ ।

 

सन् १९८५ नोभेम्बर १० मा पहिलोपटक माइक्रोसफ्टले कम्प्युटरका लागि पहिलो विन्डोज अपरेटिङ सिस्टम ल्याएकोमा सबैभन्दा पछिल्लो पटक सन् २०२१ को जुन महिनामा सबैभन्दा पछिल्लो संस्करणको रुपमा विन्डोज ११ ल्याएको हो ।

 

विन्डोजले पहिलोपटक सन् १९८५ मा पहिलो विन्डोज सार्वजनिक गर्दा त्यसमा १३८ भाषाहरु उपलब्ध थिए । पहिलो विन्डोजदेखि सबैभन्दा नयाँ विन्डोज ११ सम्मको यात्रामा के-के परिवर्तन आयो त ?

 

विन्डोज १.०:

विन्डोजको पहिलो संस्करणको रुपमा रहेको विन्डोज १.० सन् १९८५ को नोभेम्बर २० मा रिलिज गरिएको थियो । यो संस्करणलाई माइक्रोसफ्टले ग्राफिकल युजर इन्टरफेसमा ल्याएको थियो । यसमा प्रयोगकर्तालाई सामान्य ग्राफिक्सको सुविधा थियो । यसमा मल्टीटास्किङका खासै धेरै विकल्प उपलब्ध थिएनन् ।

 

विन्डोज २.०:

पहिलो विन्डोज ल्याएको २ वर्षपछि माइक्रोसफ्टले विन्डोजको दोस्रो संस्करण सार्वजनिक गरेको थियो जुन सन् १९८७ को डिसेम्बर ९ मा सार्वजानिक भयो । विन्डोज २.० मा १६ बिट ग्राफिक युजर इन्टरफेस थियो । यो विन्डोजमा एमएस वर्ड र एक्सेलको पहिलो संस्करण उपलब्ध थियो । यो अपरेटिङ सिस्टममा हार्ड डिस्क आवश्यक पर्दैनथ्यो ।

 

विन्डोज ३.०:

सन् १९९० मा माइक्रोसफ्टले विन्डोजको तेस्रो संस्करणको रुपमा विन्डोज ३.० ल्याएको थियो । यो अपरेटिङ सिस्टम ८०८६ भर्सनको माइक्रो प्रोसेसरसँगै ल्याइएको थियो । विन्डोजको यो तेस्रो संस्करणमा कम्पनीले ब्याट्री तथा मेमोरीसँग सम्बन्धित अघिल्ला संस्करणका कमजोरीलाई सुधार्ने प्रयास समेत गरेको थियो ।

 

विन्डोज ९५:

सन् १९९५ को अगष्ट १५ मा माइक्रोसफ्टले एउटा पूर्ण कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ सार्वजनिक गरेको थियो । यो माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम र विन्डोज प्रडक्टलाई मर्ज गरेर तयार पारिएको थियो । प्रयोगकर्ताका लागि यो अपरेटिङ सिस्टममा लामा फाइलहरुलाई सेभ गर्नेदेखि लिएर टास्क बार तथा स्टार्ट मेन्यू जस्ता अप्सन पहिलोपटक दिइएको थियो । यसमा ३२ बिट ग्राफिक युजर इन्टरफेस थियो ।

 

विन्डोज ९८:

माइक्रोसफ्टले सन् १९९८ को मे १५ मा विन्डोजको नयाँ संस्करण सार्वजनिक गर्यो विन्डोज ९८ को रुपमा । माइक्रोसफ्टले विन्डोज ९५ मै केही नयाँ सुधार गरी विन्डोज ९८ का रुपमा तयार गरेर बिक्री गरेको थियो । यद्यपि यसमा युएसबी प्रिन्टरको सुविधा थिएन । यसमा लामा फाइल सेभ गर्नेदेखि टास्कबार र स्टार्ट मेन्यू जस्ता अप्सनहरु राखिएको छ । यसमा पनि ३२ बिट ग्राफिक युजर इन्टरफेस छ । स्मरण रहोस् माइक्रोसफ्टले विन्डोज ९८ मै केही मात्रै परिवर्तन गरेर सन् १९९९ मा विन्डोज एसई ल्याएको थियो ।

 

विन्डोज २०००:

माइक्रोसफ्टले सन् २००० को फेब्रुअरी १७ मा विन्डोज २००० रिलिज गरेको थियो । यसलाई सबैभन्दा सुरक्षित अपरेटिङ सिस्टमको रुपमा माइक्रोसफ्टले ल्याएको थियो ।

 

विन्डोज एक्सपी:

माइक्रोसफ्टले सन् २००१ को अक्टोबर २५ मा विन्डोज एक्सपी ल्याएको थियो । यसलाई एडभान्स पोर्टल पीसी पोर्टलका साथमा पेश गरिएको थियो । यो अपरेटिङ सिस्टमलाई कम्प्युटर छिटो स्टार्ट हुने तथा उत्कृष्ट ग्राफिकल युजर इन्टरफेस भएको मानिन्थ्यो ।

 

विन्डोज भिस्टा:

विन्डोज भिस्टालाई माइक्रोसफ्टले सन् २००७ को जनवरी ३० मा ल्याएको थियो  । यो अपरेटिङ सिस्टम ग्राफिकल युजर इन्टरफेसको स्तरोन्नति गरिएको संस्करणको रुपमा थियो । यो नै पहिलो अपरेटिङ सिस्टम थियो जसमा प्रयोगकर्ताका लागि इन्स्टलेसन गर्न डिभिडी रोमको सुविधा उपलब्ध थियो ।

 

विन्डोज ७

सन् २००९ को अक्टोबर २२ मा सार्वजनिक भएको विन्डोज ७ निकै लोकप्रिय रह्यो । यसमा अपडेटेड टास्कबार र नयाँ डिजाइनको विन्डोज सेल थियो । यसमा फाइल म्यानेजमेन्ट सिस्टमको रुपमा लाइब्रेरिज पनि थपिएको थियो ।

 

विन्डोज ८:

सन् २०१२ को अक्टाबर २६ मा रिलिज भएको विन्डोज ८ मा नयाँ सेक्योरिटी फिचर राखिएको थियो । यसमा टास्कबार रिडिजाइन गरिएको थियो भने क्लाउड सर्भिसको समायोजनलाई पनि बढाइएको थियो ।

 

विन्डोज १०:

सन् २०१५ को जुलाई १९ मा सार्वजनिक भएको विन्डोज १० मा यसअघिको विन्डोज ८ मा युजर इन्टरफेसमा रहेका कमीहरुलाई हटाउने प्रयास गरिएको थियो । यसमा भर्चुअल किबोर्ड सिस्टम पनि उपलब्ध थियो ।

 

विन्डोज ११:

सन् २०२१ को बिल्ड कन्फ्रेसका क्रममा माइक्रोसफ्टले विन्डोज ११ पेश गरेको थियो । यो अपरेटिङ सिस्टमले ११० भाषा सपोर्ट गर्दछ । यसलाई हालसम्मकै सबैभन्दा सुरक्षित तथा अत्याधुनिक विन्डोज अपरेटिङ सिस्टम मानिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...