YouTube Link

बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

World Cup 2026
Facebook Link

 

काठमाडौं: भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै कुवेत फाइनलमा प्रवेश गरेको छ ।

 

निर्धारित ९० मिनेटको समय खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । कुवेतका लागि थप समयको पहिलो हाफको इन्जुरी समयमा अब्ददुल्ला अल्ब्लोसीले गरेको गोल नै खेलको निर्णायक बनेपछि कुवेत उपाधि नजिक पुगेको हो ।

 

पहिलो सहभागितामा फाइनल पुगेका कुवेतले अब फाइनलमा भारत र लेवनानमध्ये एकको सामना गर्ने पक्का भएको छ । आयोजक भारत र लेबनानबीचको खेल साँझ ७:४५ बजे दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

 

समूह ‘ए’बाट कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । नेपाल र पाकिस्तानलाई हराएका कुवेत र भारतबीचको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताबाट बाहिरिसकेको दुई टोलीबीचको खेलमा भने नेपालले पाकिस्तानलाई १–० हराएको थियो ।

 

अर्को समूह ‘बी’ बाट माल्दिभ्स र भुटान बाहिरिएका थिए । समूह चरणमा लेवनानले सबै ३ खेल जितेको थियो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई समान ३–१ ले हराएको थियो । लेवनान समूह विजेता र बंगलादेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । दक्षिण एसियाको प्रतिष्ठित साफमा पहिलो पटक यो क्षेत्र बाहेकका कुवेत र लेवनानले सहभागिता जनाएका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...