साफका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नाम घोषणा
वि.सं.२०८० जेठ २६ शुक्रवार ०५:५५
2.3K
shares
काठमाडौं: भारतमा आयोजना हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप २०२३ का लागि बिहिबार नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नाम घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३ नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
डिफेन्डर विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् ।
साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ । माल्दिभ्समा आयोजना भएको १३औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।
नेपाली टोली:
गोलरक्षक: किरण चेम्जोङ (पन्जाब एफसी), दीप कार्की (मनाङ), विशाल श्रेष्ठ (मछिन्द्र)
डिफेन्डर: विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपीएफ), अनन्त तामाङ (चर्च ब्वाइज), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल)
मिडफिल्डर: पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आभाष लामिछाने (एपिएफ)
फरवार्ड: आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)
वि.सं.२०८० जेठ २६ शुक्रवार ०५:५५



















